पछिल्लो समय पढाइका लागि आकर्षण बन्दै गएको विषय हो ‘हस्पिटालिटी म्यानेजमेन्ट’ अर्थात् बिएचएम । प्लस टु सकेर बसेका वा पढ्दै गरेका विद्यार्थीको चासो बिएचएममा बढी देखिन्छ ।कतिपय विद्यार्थीहरूले बिएचएम कोर्ष पढ्ने निर्णय गरेता पनि अलमलमै रहने गर्दछन्। बिएचएमका लागि कहाँ जाने ? कुन कलेजमा पढ्ने ? अन्योलता देखिन्छ । यहीँ अन्योलताका बीच विद्यार्थीले उपयुक्त कलेज वा शिक्षण संस्थाको पहिचान गर्न नसक्दा पछुताएका कयौँ उदाहरण हामी सामु छ ।
पछिल्लो समय नेपालमा विश्वस्तरका कोर्ष अध्ययन गराउने कलेजहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । यस्ता कलेजले सम्बन्धित देशकै पाठ्यक्रम तथा मापदण्डका आधारमा अध्यापन गराइरहेका छन् । ब्रिटिस कलेजले सन् २०१२ देखि वेस्ट अफ इङ्ल्याण्ड युनिभर्सिटीबाट सम्बन्धन लिएर त्यहाँकै पाठ्यक्रम अनुसार उत्कृष्ट कोर्सहरूमा अध्ययन गराइरहेको छ ।
विद्यार्थी तथा अभिभावकहरूको हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धी जिज्ञासा तथा हाल ब्रिटिस कलेजले संचालन गर्दै आएको बिएचएम प्रोग्रामको बारेमा ब्रिटिस कलेजका बिएचएम प्रोग्राम हेड जितेन्द्र रोकायसँग गरिएको कुराकानीको संक्षिप्त सार ?
होटेल म्यानेजमेन्टका स्कोपहरू के–के छन् ?
होटेल म्यानेजमेन्ट क्षेत्रका स्कोपहरू धेरै छन् । सामान्यतया मानिसहरूलाई होटेल क्षेत्रमा खाली खाना पकाउने, सफाई मात्र गरिन्छ भन्ने भान हुन्छ । तर यथार्थमा त्यसो होइन । यसमा फोन रिसिभ गर्ने सरल काम देखि लिएर होटेलका सबै कुरा व्यवस्थापन गर्ने उच्च तहका व्यवस्थापन सहित पुरै संस्थागत संरचना हुन्छ । यसमा धेरैजसो विषयहरू बिबिए तथा आइटीको पनि विषयवस्तु हुन्छन् । यो आफैँमा सजिलो विषय भने होइन । यसमा प्राक्टिकल्ली ओरियन्टेड तथा भोली गएर बिजनेस लिड गर्छु , डिपार्टमेन्ट हेड बन्छु या आफैँ खोल्छु भन्ने खालको विद्यार्थीका लागि उपयुक्त छ ।
कोर्ष कति अवधिको हुन्छ रु इन्नटसिपकोको व्यवस्था कस्तो छ ?
दुबईमा त्यही पढ्ने र त्यही काम गर्ने व्यवस्था छ । यसमा अर्न एन्ड लर्न मोडालिटी अन्तर्गत पढ्ने र कमाउने हुन्छ । बिहान कलेजमा विद्यार्थीहरुको पढाई हुन्छ र दिउँसो समयमा रियल जबमा समावेश हुन्छन्। प्राय अन्य कलेजहरुले ३ वर्ष यहाँ पढाएर चौथो वर्ष इन्टर्नसिपका लागि दुबईमा अथवा अन्य तेस्रो मुलुकमा पठाउने गर्दछन्।

हाम्रो त आफ्नै इन्स्टिच्युट हुँदा हुँदै पहिलो वर्ष यहाँ किन पढाउनु भएको भन्ने प्रश्न पनि आउन सक्ला। खास एकैचोटी दुबईमा जाँदा विद्यार्थीहरू नअल्मलिउन भन्नका लागि पहिलो वर्ष यहीँ पढाई गरिएको हो। इन्टरनेसनल फाउन्डेसन एक वर्ष यहाँ पढ्दा खेरि दुबईमा के के हुन्छ त रुकसले पढाउँछ रु कक्षाको वातावरण कस्तो हुन्छ रुभन्ने कुराको उनीहरूलाई बुझ्नका लागि केही समय चाहिने हुनाले एक वर्ष लेबल थ्री यहाँ पढाउने र लेबल ४ र लेबल ५ दुबईमा पढ्ने व्यवस्था गरेका हौ।
।धेरै जस्तो कलेजले इन्नटसिपको लागि बाहिर नै लैजान्छन्। अरू विद्यार्थी अन्तिम वर्षमा जाँदा र हाम्रो विद्यार्थी दोस्रो बर्षमै जाँदा दुई वर्ष अतिरिक्त अनुभव पनि हुने ,साथै पढाई पनि हुने र कमाई पनि राम्रै हुने हुनाले विद्यार्थीहरुलाई बढी नै फाइदा हुन्छ। कोर्स सकिदा उनीहरुले आफुले तिरेको फी को लगभग ८० प्रतिशत रकम कमाई सकेका हुन्छन् र ३ बर्षे अन्तर्राष्ट्रिय सिप पनि हुन्छ र सिकाइ पनि हुन्छ ।
कस्ता विषयवस्तु पढ्नु पर्छ ?
लेबल ६ बाहेक, लेबल ३ इन्टर्नेशनल फउण्डेशनमा बेसिक कोर्स छ। हस्पीटालिटि इन्डष्ट्रिजको बारेमा, प्रिन्सिपल अफ लिडरसिप एन्ड सुपर भिजन, सुपर भिजन अफ फुड सेफ्टी, फुड एन्ड सर्भिस, र फ्रन्ट अफिस लगायतका बेसिक कुराहरू सिकाउँछौँ । लेभल बढ्दै, बढ्दै गएपछि म्यानेजमेन्टका कुराहरू आउँछन् । बेसिक अप्रेसन र म्यानेजमेन्ट गरी निर्धारण गरिएको छ । सबैजसो विषयहरू थेउरिटिकल र प्राक्टीकल ओरिन्टीयल नै छ । कतिपय कुराहरू थेउरी बेसमा छ ।

यसमा चाही रियल इन्डष्ट्रिज बाट लेक्चरर बोलाएर मार्केटको स्थिति पहिलेको अवस्था , अहिलेको स्थिति र फ्युचरमा के चाहिएको छ तरुभन्ने बारेमा ओरिन्टेसन गर्ने । हस्पिटालिटी अलिकती डायनामिक पनि छ , त्यसैले यो अलिकती चेन्ज हुँदै गएको छ । समयअनुसारको रिर्सोसेजहरु खोजिरहेको हुन्छ ।यस विषयमा रियल इन्डसिट्रजका जसलाई हामी लेक्चरर भनेर बोलाउँछौँ उहाँहरूले अपडेट दिनुहुन्छ र स्पष्ट पारिदिनुहुन्छ ।
ब्रिटिस कलेज नै किन ?

रोजगारीको अवसर कस्तो छ ?
सबैभन्दा धेरै डिमान्डिङ भनेको यही नै हो । नेपाल देखि विदेश सम्म बिएचएम पढेर जानेलाई काम पाउन सजिलो छ । अझै जबले बिद्यार्थीलाई कुरिरहेको हुन्छ । पर्यटकीय विकासका लागि होटेल तथा होमेस्टतिर लगानी बढ्दै गएको छ । जसमा हामीहरूका लागि राम्रो अवसर छ। विदेश जान चाहनेले पनि होटेल म्यानेजमेन्ट पढेमा राम्रो अवसरका साथसाथै पारिश्रमिक पाउँछन् ।एकपटक लगानी गरेर राम्रो आम्दानी गर्न सकिने भएकाले पनि यसमा आर्कषण बढेको छ ।



































