National life
cg eloctronics

निर्देशन अटेर गरेको भन्दै एनप्याब्सनमाथि सरकारको कारबाही

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|१३ कात्तिक २०८३, शुक्रबार
2KShares
निर्देशन अटेर गरेको भन्दै एनप्याब्सनमाथि सरकारको कारबाही
muktinatha bikash bank

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।

गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

मन्त्रालयका अनुसार एनप्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक उल्लंघन गरेको पाइएको छ। साथै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पनि मन्त्रालयको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन तथा २०८२ मंसिर १२ गते जारी निर्देशनअनुसारका कार्य गर्न आग्रह गरेको थियो।

तर, मन्त्रालयले दिएको निर्देशनअनुसार काम भएको नदेखिएकाले कानुनी व्यवस्थाबमोजिम संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?