National life

विद्यालय शिक्षा विधेयक विरुद्ध आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
758Shares
विद्यालय शिक्षा विधेयक विरुद्ध आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा
ncell

काठमाडौं । शिक्षक महासंघले शिक्षकहरुको माग सम्बोधन नगरे आन्दोलन गर्ने घोषणा गरेकाे छ । महासंघले शिक्षकहरुको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिएको हाे ।

महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै २० बुँदे माग गर्दै विभिन्न चरणको आन्दोलन गर्ने घोषणा गरेको छ ।

आन्दोलन घोषणा कार्यक्रममा शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै विद्यालय शिक्षा विधेयक नसच्याएरै संसदमा लगेको अवस्थामा अनिश्चितकालीन विद्यालय बन्द गरी आन्दोलन गर्ने बताइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष तुलाधरले भनिन्, ‘सकेसम्म विद्यालय बन्द गरेर आन्दोलन गर्न नपरोस् भन्ने हाम्रो चाहाना हो तर हाम्रो मागप्रति सरकारले बेवास्ता गर्दै मिचेरै जान खोजे हामी अनिश्चतकालका लागि विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनेछौं । जसरी सरकार प्रस्तुत हुन्छ, हामी पनि त्यसरी प्रस्तुत हुनेछौं ।’

महासंघले जारी गरेको विज्ञप्तिमा द्वन्द्वपीडित तथा शैक्षिक आन्दोलनमा लागेर आफ्नो जीवन खापेका शिक्षक नेताहरुको त्यो अवधिको सेवा नजोडिनाले तिनले नियमानुसार पाउनुपर्ने उपदान वा पेन्सन नपाएको, राजनैतिक आग्रह, पारिवारिक तथा समाजि द्वन्द्ध र विभेद लगायतका कारण स्थानीय तहका निर्वाचित पदाधिकारीको कोपभाजनमा प्रधानाध्यापक तथा शिक्षकस्थानीय तहले संविधानको अनुसूची ८ मा व्यवस्थित अधिकारको दुरुपयो गरी निर्वाचित पदाधिकारीले कठपुतली विद्यालय व्यवस्थापन समिति बनाएकोले विद्यालय तहको शिक्षालाई संविधानको अनुसुची ९ मा ल्याउनुपर्ने माग राखेका छन् ।

शिक्षक स्थायीत्वको विषयमा दुई दशकदेखि विद्यालयमा कार्यरत राहत र साविक उमावि शिक्षकलाई अस्थायी शिक्षकको जस्तै आन्तरिक/खुला विधिबाट शिक्षक सेवा आयोगमार्फत स्थायी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध हुनुपर्ने अथवा सबै दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी सामान्य प्रक्रियाद्वारा शिक्षक सेवा मार्फत स्थायी गरिनुपर्ने, पारिश्रामिकको विषयमा प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षकहरु तथा विद्यालय कर्मचारीको दरबन्दी तथा उचित तलवको व्यवस्था, बालशिक्षालाई ऐन मार्फत विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, अस्थायी अवधिक गणना तथा निवृत्तीभरणको विषयमा लामो समय अस्थायी काम गरेकालाई पनि अवधि गणना गरेर पेन्सनको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।

महासंघले आइतबार सम्बन्धित पालिकामा शिक्षक तथा विद्यालय कर्मचारीले तीन घन्टा धर्ना दिने, ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति पालिकालाई प्रदान गर्ने, मंगबार देशभरका जिल्ला शिक्षा समन्वय इकाइमा तीन घन्टा धर्ना दिने, बिहीबार प्रदेशको समाजिक विकास मन्त्रालयमा तीन घन्टा धर्ना दिने, भदौ १ गते प्रदेश तथा संघीय सांसदलाई शिक्षक तथा विद्यालय कर्मचारीको पक्षमा बोलिदिन आग्रह गर्ने, विधेयक संसदमा दर्ता भएको पाँचौ दिनबाट देशभरका शिक्षक कर्मचारी उपस्थित भई काठमाडौंमा बृहत विरोध प्रद्र्धशन गर्ने कार्यक्रमको घोषणा गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?