National life

राइटपाथ करियर काउन्सिलिङ ‘बेस्ट कन्सल्टेन्सी फर द युके’ अवार्डद्वारा सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ चैत २०८१, शुक्रबार
815Shares
राइटपाथ करियर काउन्सिलिङ ‘बेस्ट कन्सल्टेन्सी फर द युके’ अवार्डद्वारा सम्मानित
ncell

काठमाडौँ । शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङ ‘बेस्ट कन्सल्टेन्सी फर द युके’ अवार्डद्वारा सम्मानित भएको छ । बिहीबार फेयर एक्सप्रेस मिडियाद्वारा आयोजित ‘फेयर इन्टरनेशनल एजुकेसन’ कार्यक्रममा राइटपाथ उक्त अवार्डद्वारा सम्मानित भएको हो ।

विगत लामो समयदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श, विशेष गरि बेलायतमा अध्ययनका लागि मार्गदर्शन, छात्रवृत्ति, भाषा तयारीका साथै भिसा प्रक्रियामा समेत महत्पूर्ण योगदान पुर्याएको भन्दै राइटपाथ करियर काउन्सिलिङलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

राइटपाथका सिइओ फिलिप डिसीले उक्त अवार्ड प्राप्त गर्नु कम्पनीको लागि ठुलो उपलब्धि भएको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले सो अवार्ड उत्कृष्टताप्रतिको कम्पनीको अटल प्रतिबद्धता र शिक्षा क्षेत्रमा दिएको योगदानको प्रमाण भएको बताएका हुन् ।

उनले भने, ‘२०१२ देखि यस उद्योगमा रहेपछि र २०१९ देखि विशेष रूपमा बेलायती बजारलाई प्रवर्धन गर्दै, हजारौं विद्यार्थीहरूलाई बेलायतमा विदेशमा अध्ययन गर्ने सपना पूरा गर्न मार्गदर्शन र समर्थन गर्न आफूलाई समर्पित गरेका छौं । यो मान्यता उत्कृष्टताप्रतिको हाम्रो अटल प्रतिबद्धता र शिक्षा क्षेत्रमा हाम्रो योगदानको प्रमाण हो ।’

सिइओ डिसीले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको सपनाको सपना पुरा गर्ने र शिक्षा क्षेत्रमा अझै धेरै योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बानेश्वर, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल र धनकुटामा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ । कन्सल्टेन्सीले युके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा, अमेरिका जस्ता शैक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आएको छ ।

पूर्वराष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा आमसञ्चार, शिक्षा, वाणिज्य, भाषा र प्रविधि क्षेत्रका अन्य पाँच जनालाई समेत ‘फेयर इन्टरनेशनल एजुकेशन’ अवार्डद्वारा सम्मान गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
815SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?