National life

सहमति गरेको १ दिन नबित्दै आन्दोलनका कार्यक्रम यथावत् राख्ने नर्सिङ सङ्घको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१७ कात्तिक २०८२, सोमबार
1.3kShares
सहमति गरेको १ दिन नबित्दै आन्दोलनका कार्यक्रम यथावत् राख्ने नर्सिङ सङ्घको निर्णय
ncell

काठमाडौँ । नेपाल नर्सिङ सङ्घले सहमति गरेको २४ घण्टा नबित्दै आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने निर्णय गरेको छ ।

आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने सङ्घले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । गत शनिवार आन्दोलनको प्रतिनिधित्व गरिरहेको नेपाल नर्सिङ सङ्घ, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) एवं निजी मेकिडल तथा डेन्टल कलेज एसोसिएसनका प्रतिनिधिहरु बीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सहमति जानेको थियो ।

त्यस्तै, उक्त सहमतिमा निजी मेकिडल कलेजले आफ्नो शिक्षण अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई पाँचौँ तहको ३४ हजार ७३० रुपियाँ कात्तिक महिनादेखि लागु हुने गरी उपलब्ध गराउने सहमति भएको छ ।

Royal Enfield
nic asia capital

यसैगरी अन्य निजी तथा सामुदायिक अस्पताल र डेन्टल कलेजले शुरु तलब स्केल कम्तीमा ८० प्रतिशत तलब दिने र एक महिनाभित्र अस्पतालको वर्गीकरण गर्दै क्रमशः सरकारी अस्पताल सरह पुर्‍याउने सम्झौता भएको थियो ।

सङ्घकी महासचिव डा.देवका कुमारी आचार्यका अनुसार बुँदा एकमा सहमति जनाए पनि अन्य बुँदामा आन्दोलनरत नर्सको आपत्ति रहेको हुनाले सङ्घले घोषणा गरेका कार्यक्रमलाई पूर्व योजना अनुसार यथावत् राखेको जानकारी दिनुभएको छ ।

सङ्घकाे अगुवाइमा देशैभरका स्वास्थ्य शिक्षण संस्था, निजी, सामुदायिक, सरकारी तथा गैर सरकारी अस्पतालका नर्स एवं अन्य स्वास्थ्यकर्मी कार्यरत संस्थासँग न्यूनतम सेवा सुविधा लगायतका १५ बुँदे माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।

सरकारले ४८ घण्टाभित्र नर्सका माग सम्बोधन नगरे सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा देशव्यापी रुपमा ठप्प पार्ने सङ्घले चेतावनी दिएको छ ।

आन्दोलनमा उत्रिसकेका नर्सलाई कुनै प्रकारको दबाब, प्रभाव, डर त्रास वा धम्कि नदिन सङ्घले आग्रह गर्नुभएको छ । नर्सिङ सेवा बन्द हुँदा उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारी सरकार र सम्बन्धित स्वास्थ्य संस्थाले व्यहोर्नुपर्ने सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले असन्तुष्ठ नर्सहरुको माग एक महिनाभित्र आपसी छलफलका माध्यमबाट दीर्घकालीन समाधान हुने गरी सम्बोधन गर्ने भन्दै आन्दोलनरत नर्सलाई आफ्नो कार्यमा फर्किन आग्रह गर्नुभएको छ । साथै उहाँले शनिवार आन्दोलनरत नर्ससँग भएको सहमति कार्यान्वयन गर्न अनुरोध गर्नुभएको छ ।

यस्तो छ संघले शनिवार गरेको सहमति

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?