National life

सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
671Shares
सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता
ncell

काठमाडौं । सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता भएका छन् ।

पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा खसेर उनीहरू बेपत्ता भएका हुन् । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।

Royal Enfield
nic asia capital

सुर्खेतको बराहताल गाउँपालिका–४ र पञ्चपुरी नगरपालिका–१४ जोड्नका लागि भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम गर्ने क्रममा उनीहरू नदीमा खसेर बेपत्ता भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?