National life

सोमबार रद्द भएको काठमाडौं-दोहा उडान आज मध्यान्ह १२ बजे हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
1.3kShares
सोमबार रद्द भएको काठमाडौं-दोहा उडान आज मध्यान्ह १२ बजे हुने
ncell

काठमाडौँ । कतारको दोहास्थित अमेरिकी सुरक्षा बेसमा इरानले आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजे हुने भएको छ।

नेपाल वायु सेवा निगमले एक सूचना जारी गरी काठमाडौँ दोहा काठमाडौँको रद्द भएको उडान आज मध्यान्ह १२ बजे हुने जनाएको छ । निगमले यात्रुहरूलाई समयमै विमानस्थलमा उपस्थित हुन अनुरोध गरेको छ ।

निगमले भनेको छ, ‘युद्धबाट हुनसक्ने सुरक्षा चुनौतीलाई देखाई कतारले गरेको एफआईआर बन्दका कारण हिजो जुन २३ गतेको आरए २३९/२४० काठमाडौँ दोहा काठमाडौँ उडान रद्द भएको थियो ।

Royal Enfield
nic asia capital
उक्त उडान आज मध्यान्ह १२ः०० बजे सञ्चालन हुने भएको छ ।

यात्रुहरूलाई समयमै विमानस्थलमा उपस्थित हुनुहुन अनुरोध छ । यसबाट यात्रुलाई पर्न गएको असुविधाप्रति निगम परिवार क्षमा याचना गर्दछ।’

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?