National life

हामीले अन्तर्राष्ट्रिय मापदण्ड पालन गरेर इन्टरनेट सेवा दिएका छौं : डिसहोमका एमडी आचार्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० फागुन २०८०, आइतबार
1.4kShares
हामीले अन्तर्राष्ट्रिय मापदण्ड पालन गरेर इन्टरनेट सेवा दिएका छौं : डिसहोमका एमडी आचार्य
ncell

काठमाडौं । यूवा पुस्ता माझ लोकप्रिय र अब्बल व्यवसायी मानिन्छन्,‘सुदिप आचार्य’ । उनी डिसहोम मिडीया नेटवर्कका प्रबन्ध निर्देशक (एमडी) हुन् भने विभिन्न संघ संस्थाहरुसँग उनको आवद्धता रहेको छ । सधै केही नयाँ गरौ भन्ने सोच राख्ने आचार्यसँग स्वदेशमा मात्र नभई अमेरिकामा समेत इन्टरनेटको माध्यमबाट व्यापार गरेको अनुभव छ । उनै आचार्यले आर्थिक भ्वाईससँग आफ्नो बारेमा केही खुलेका छन् भने डिसहोम तथा इन्टरनेट सेवाको बारेमा विविध विषय वस्तुहरु पनि सुनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रस्तुत छ उनै डिसहोमका एमडी आचार्यसँग आर्थिक भ्वाईसका लागि बिजय फुयाँलनबिन पोखरेलले गरेको कुराकानी ।

टेलिकम्यूनिकेशन क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?

तपाईहरुलाई थाँहै छ । म आफ्नो व्यक्तीगत हिसाबले काम गर्दै जाँदा कम्पनीका सीईओ, एमडी भएर काम गर्ने अवसर पाइरहेको छु । मैले लगानी पनि गरे, यसलाई लिड गर्ने सुनौलो अवसर पनि पाए । सन् २०१८ मा हामीले गोईङ्ग फर्वाड भनेर अघि बढेका थियौ । टेलिभिजन डोमेन इन्टरनेट सेवा प्रदायकतिर ढल्किदा इन्टरनेट व्यवसायी पनि टेलिभिजन डोमेनतिर आउँने एक किसिमको ट्रेण्ड नै देखिएको थियो । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने त्यस्तो प्राक्सटिस हुँदैन । जे होस् कन्सोलोडेसन चाही हुन्छ । नेपालमा हामी त्यस्तो कुरामा अलि पछाडी छौ जस्तो लाग्छ । त्यसमा हामी सेवाप्रदायकको पनि केही पुगेन होला । त्यसको सट्टा इन्टरनेटतर्फ हामी पनि जानुपर्छ, अगाडी बढ्नै पर्छ भनेर लाग्यौ । इतिहास हेर्यौ भने राम्रो इन्ज्योए गरेका कम्पनीहरु प्रविधि मैत्री बन्न नसक्दा सक्किएका उदाहरणहरु प्रशस्तै छन् । हामीले राम्रो गरिरहेको बेलामा कनेक्टीभिटीतिर अघि बढेका हौ । टेलिभिजन पनि एक किसिमको कनेक्टीभिटी हो ।

हामी वान वे भन्दा टु वे कनेक्टीभिटीमा छिरेका छौं । टेलिभिजनबाटै गाउँ, शहरमा विश्व जोड्ने प्रयत्न गरिरहेका थियौं । त्यसको परिस्कृत रुपमा इन्टरनेट आएको हो । हामीले टेलिभिजनबाट कनेक्टीभिटीमा जानु भनेको एक कदम अघि बढेकै अवस्था हो । एफटीटीएच सहि मार्ग हो भन्ने निस्कर्ष निस्केपछि नै हामीले इन्टरनेटतर्फ लागेका हौं । ग्राहकहरुलाई हामीले कन्भर्जन गराएका हौ ।

कोरोना महामारीले इन्टरनेटको आवश्यकता र अपरिहार्यता बुझाए जस्तो देखिन्छ नि ?

इन्टरनेट या भनौ एफटीटीएच सेवाको रिक्वायर्डमेन्ट कोभिडले क्रियट गर्यो । त्यो भन्दा अगाडी इन्टरनेटको अनुभव भए पनि सामान्य रुपम मात्रै प्रयोग गरिन्थ्यो । कोरोना महामारीको बेलामा इन्टरनेटको प्रयोग विशेष बन्यो । बैंक वित्तीय क्षेत्रदेखि अन्य संघ संस्थाका कर्मचारीहरुले पनि जुम मिटिङ गरे। हुन त नेपाल राष्ट्र बैंकले पनि कोरोना महामारी अघि नै डिजिटल प्रणालिका माध्यमहरुलाई मान्यता दिइसकेको अवस्था थियो । मेरो आफ्नै कुरा गर्ने हो भने मैले काठमाडौं बाहिर गएको बेलामा कतिपय अवस्थामा जुम मिटिङ गरेको थिए। स्काईपबाट मिटिङ गर्न मान्यता दिए पनि त्यसलाई झन्झटीलो मान्ने गरिएको थियो । कोभिडले डिजिटल प्रणालीलाई बाध्यात्मक रुपमा चलाउँनु पर्ने अवस्थाको सिर्जना गर्यो ।

कोरोना महामारीको समय एक पटक सम्झेर हेर्नुस् इन्टरनेटबाटै स्कूल, कलेजको पढाई सम्पन्न भयो । मैले आफ्ना छोरीहरु कोरोना महामारीको बेलामा उनीहरुले अमेरिकाबाटै नेपालमा स्कूल पढ्ने अवसर पाए । अहिले डिजिटल नो म्याड भन्ने सिस्टम पनि आइसकेको छ । यसमा नै कतिपय राष्ट्रले भिषा दिने चलन भइसकेको थियो । यसको मतलब कुनै निश्चित ठाउँमा रहेको नदेखाए पनि हामीले विश्व व्यापार र विश्व अध्ययन गर्न सकिने अवस्था छ । कोरोना महामारीपछि हाम्रो काम गर्ने तौल–तरिका फेरिएका छन् । कोभिडले टेलिकम्यूनिकेशन क्षेत्रमा कल्चरल सिफ्ट ल्याएको छ । नेपालको हकमा धेरै कुराहरु प्रयोगमा आउँन बाँकी छ ।

तपाईले नेपालमा इन्टरनेटको प्रयोगलाई कसरी हेर्नु भएको छ नि ?

अहिले तपाई हामीले हेर्ने हो भने इन्टरनेटको प्रयोग आवश्यक भन्दा पनि अनावश्यक काममा नै भइरहेको भेटिन्छ । सन् १९९९ मा नै मैले अमेरिकाको एक स्टेटमा इन्टरनेटको माध्यमबाट पश्मिनाको व्यवसाय गरेको थिए । कनेक्टिभीटिको प्रयोग नै भएको त्यसलाई म मान्छु । अहिले त नेपालको हकमा हामीले हेर्ने हो भने इन्टरटेन्मेन्ट, इन्फोटेनमेन्ट तथा सोसल मिडियामा नै इन्टरनेटको खपत बढी छ । हामी त्यसरी चुक्नु भन्दा पनि २५ वर्ष अघि मैले इन्टरनेटमा सामान बेचेर राम्रै पैसा कमाएको सम्झिन्छु । अब अहिले त्यसको कायापटल हुनुपर्ने जस्तो लाग्छ तर इकोनोमिमा कन्भर्जन हुने कुरामा राज्य केही चुकेको नै देखिन्छ । तपाईहरुले हेर्दा अहिले देशको जिडिपिमा करिब तीन प्रतिशतको ग्रोथ छ । मैले हेर्दा चाही हामी प्रदायक भएकाले जोड्ने काम गर्यो अब त्यसको सहि प्रयोग हुुनुपर्ने पनि मुख्य कुरा हो ।

रोजगारी सिर्जनामा डिसहोमको योगदान कस्तो छ ?

विगतमा जम्मा २ सय ८० जना कर्मचारीबाट सुरु भएको डिसहोमको यात्रा अहिले डिस होम फाइबर नेटको सुरुवातसँगै ८ सय जनालाई प्रत्यक्ष रोजगारी दिने अवस्थामा पुगेको छ। अप्रत्यक्ष कर्मचारीहरुको संख्या यसको चौगुना बढी छ ।

पहुँच वृद्धि को अवस्था कस्तो छ नि ?

नेपालमा हाल इन्टरनेट कनेक्टीभिटीको पहुँच जम्मा ३९ प्रतिशतमा सिमित रहेको छ । यस हिसाबले पनि आफूहरुलाई पहुँच बढाउँन प्रशस्त स्थान रहेको छ। करिब ६० लाख हाउसहोल्ड ग्राहकहरु रहेका छन् । शहरी क्षेत्रमा मात्र नभई ग्रामिण भेगमा पनि डिसहोमले आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

तीन लाख ग्राहक संख्या रहेको डिसहोमको बजार हिस्सा करिब १२ प्रतिशत रहेको छ । हाल दुई नम्बरमा रहेको डिसहोमले आफू एक नम्बरमा पुग्ने दौडमा लागि परेको छ । अन्तर्राष्ट्रिय मापदण्डलाई पालन गरेर नै इन्टरनेट सेवा दिइरहेका छौं । दोहोरो रिङ राखेर, अन्डर द इयर नभई ओभर द इयरको नेटवर्कबाट सेवा दिइरहेका छौै भने यूरोप, ताइवानमा पनि इन्टरनेटमा कहिलेकाही समस्या आउँने, गुनासोहरु आउँने गरेको हामीले सुन्ने गरेका छौं ।

इन्टरनेट नचल्नुमा के कस्ता कारणहरु मुख्य हुन्छन् ?

इन्टरनेट भनेको निकै भेग चिज हो । हामीले हाम्रो घरमा खोजेको कन्टेन्ट भारत वा अन्य देशको बाटो हुँदै आउँनुपर्छ । नेपालमा आएपछि कन्टेन्ट दिने कुरा यहाँको कम्पनीको हातमा हुन्छ तर (व्याण्डविथ) मा आउँने प्रविधिक अवरोधका कारण पनि इन्टरनेटमा समस्या आउँछ ।

घर भित्र कम्पनीले राउटरसम्म इन्टरनेट पुर्याउनले जिम्मा लिन सक्छन् । तपाईको घरमा राखिएका अन्य विद्युतिय उपकरणहरु छन् भने त्यसले पिन फ्रिक्वेन्सीमा समस्या सिर्जना गर्न सक्छ। त्यस्तो अवरोध कम्पनीले कम गर्ने होइन, ग्राहकहरु आफैले सचेत भएर वाईफाई ठिक ठाउँ राख्दा समस्या निकै कम हुन्छ । अहिले हामीले वाईफाई सिक्सको अवधारणा पनि ल्याएका छौं । त्यसका ग्राहकहरु कम हुनुहुन्छ । नयाँ प्रविधि भएकाले त्यसको मूल्य पनि केही महङ्गो नै छ । यो सिक्स जि सेवा हो। यसमा एमबिपीएसको आधारमा, त्यो चल्ने किसिमको फोन, ल्यापट अनुसार नेट चल्ने नचल्ने कुराहरु देखिन्छन् । प्राय ग्राहकहरुले नेट नचलेको कुरा बुझ्नु हुन्छ तर यो प्राविधिक कुरा भएकाले नेट नचल्नुमा धेरै कारणहरु हुनसक्छन् । त्यस्ता कारणहरुको बारेमा पनि ग्राहकहरुले जानकारी राख्नु पर्छ । नेट नचल्नुको कारण थाँहा पाउँदा ग्राहकहरुको सेवामा सहजता आउँछ । लाइन गएको बेलामा व्याट्री व्याकअप, जनेरेटर राखेर काम गर्नु पर्ने हुन्छ । पहिले पहिलेको अवस्था एक पटक सम्झिनु होस् त त्यति बेलामा लाइन जाँदा नेट पनि जान्थ्यो नि । अहिले त्यस्तो छैन । धेरै कामहरु भएका छन् । सुधारहरु पनि क्रमैसँगै भएका छन् । अब आगामी दिनमा हामीले गर्नु पर्ने कामहरु पनि छन् त्यसमा हामीले गृहकार्य गर्दै जानेछौं । डिटन्सेन्सीको हकमा विगतमा काठमाडौंबाट इटहरी पुग्नु पर्ने भए पनि अहिले त्यस्ता केन्द्रहरु नै काठमाडौं बाहिर पनि स्थापना भइसकेका छन् ।

निरपेक्ष गरिबीको रेखामुनी रहेका नागरिकहरुलाई इन्टरनेमा कसरी जोडन सकिएला ?

इन्टरनेट त विद्यार्थीहरुलाई आवश्यक छ, विभिन्न कम्पनीलाई आवश्यक छ र भन्नु पर्दा आम नागरिकहरुमा आवश्यक छ । तपाईहरुले हेर्नु भयो भने हामीले सकेसम्म सस्तोमा नै प्याकेजहरु ल्याएका छौ । हाम्रो प्राईसिङ आकर्षक भएकाले ग्राहकहरुले माया गर्नु भएको अवस्था छ ।

तोकेको एमबीपिएस पनि ग्राहकले पाउँनु भएन भन्नु हुन्छ नि ?

हाम्रो हकमा त्यस्तो छैन । हामीले नयाँ ढंगले नै काम गर्ने रणनीति अपनाएका छौं । कसैले किन्दा खेरी आफूले के किन्न खोजेको हो बुझ्नु पर्छ । इन्टरनेट भनेको एउटा बाटो हो । त्यो बाटोमा कहिल्यै पनि अवरोध हुँदैन भन्ने कसैले ग्यारेन्टी गर्न सक्दैनन् । बाटो ठूलो भए पनि ट्राफिक जाम भए जस्तै कुरा हो यो । पोखरा, इटहरी, ढल्केबरमा सर्भर राखेपछि अहिले विगतका जस्ता धेरै समस्याहरु समाधान भइसकेको अवस्था छ । हामी संख्यामा जति बढ्दै जान्छौ, सेवाको गुणस्तर पनि बढ्दै जान्छ ।

अरु सेवा प्रदायकभन्दा डिसहोममा के कस्ता भिन्नता छन् नी ?

हामीले ग्राहकको सहजताको लागि काम गरिरहेका छौं । इटहरी र धरानलाई छुट्याएर पनि हाम सर्भर राख्न तयार छौं । हामी धारा ठूलो खोलेर पानी थोरै दिने काम गर्दैनौ । यस्तो प्राक्टिस कहीकतै छ । हामीले डेटामा क्याप लगाउँदैनौ ।

तपाईहरुका निकट योजनाहरु के–के छन् ?

अहिले हामी यही व्यवसायलाई निरन्तरता दिन्छौं । डिसहोम गो भन्ने ओटीटी ग्राहकलाई दिइरहेका छौ । नेपाल सुहाउँदो रिसर्च पनि हामीले गरिरहेका छौं ।

अन्तिममा ग्राहकहरुलाई कस्तो सन्देश छाड्न चाहानु हुन्छ ?

हामीले इन्टरनेट सेवा राज्यले सोचे अनुसार सहि प्रयोग हुनुपर्छ भन्ने चाहेका हौं। इकोनोमिकल्ली ट्रासफरमेसन गर्न जरुरी छ । शेयर बजार ब्रोकरबाट अनलाइनमा आए जस्तै नयाँ कम्पनी पेमेन्ट गेट वेहरु आएका छन्। कसैले व्यापार व्यवसाय गर्छु भन्दा देश भित्र मात्र नभई विदेशमा पनि इन्टरनेट प्रयोग गरेर इकोनोमिक क्रियाकलाप बढाउँने अवस्था छ । अहिले नेपालबाट विदेशमा ट्युसन पढाई हुन्छ, डिजिटल नो म्याड भिषा पाइन्छ । प्रविधिमा बाहिरबाट आउँने र सिकाउँने कुराहरु पनि यहाँ सम्भव छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?