National life

अपर तामाकोशीको नाफा २६.२७ प्रतिशतले बढ्यो,अन्य सूचांक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८०, आइतबार
631Shares
अपर तामाकोशीको नाफा २६.२७ प्रतिशतले  बढ्यो,अन्य सूचांक कस्ता ?
ncell

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८०–८१को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस अवधिमा कम्पनीले १ अर्ब ७२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७९ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले कम्पनीको नाफा २६.२७ प्रतिशतले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ४.३२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १६ अर्ब ९९ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ६ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ १ अर्ब ९४ करोड रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.३० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस ७.५३ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ६०.९७ रुपैयाँ रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?