National life

काठमाडौं र ललितपुरका केही स्थानमा भोलि बिजुली आपूर्ति बन्द हुने, यी स्थानमा हुनेछैन विद्युत आपूर्ति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ साउन २०८०, शुक्रबार
516Shares
काठमाडौं र ललितपुरका केही स्थानमा भोलि बिजुली आपूर्ति बन्द हुने, यी स्थानमा हुनेछैन विद्युत आपूर्ति
ncell

काठमाडौं । भोलि शनीबार काठमाडौं उपत्यकाका केही स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली साउन ६ गते ८ घण्टासम्म बन्द हुने जनाएको छ ।

प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

बागमती फिडर अन्तर्गत सानेपा राममन्दी, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पुल्चोक फिडर अन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास, ठाडोढुंगा क्षेत्र र चमती फिडर अन्तर्गत ज्ञान तीर्थ मार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भु, चमती, किमडोल र बारुद खाना क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।

त्यस्तै कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा पनि बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

त्रिपुरेश्वर फिडर अन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर र थापाथली स्वीचिङ अन्तर्गत त्रिपुरेश्वर चोक, आशा अस्पताल, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालय होटल, स्थानीय विकास मन्त्रालय र पुल्चोकसम्म बिजुली आपूर्ति बन्द हुने छ ।

यस्तै भैंसीपाटी फिडर अन्तर्गत महतो मार्ग, भैंसेपाटी आवास, भैंसेपाटी चोक, एकल डाँडा र क्षेत्रपाटी फिडर अन्तर्गत विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको स्तरोन्नित अन्तर्गत टेकु–स्युचाटार ६६ केभी चार्ज गर्ने कार्य सम्पन्न गर्न सबस्टेसनको विद्यमान इनकमर–१ प्यानल तथा दुईवटा मध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्ने पर्ने भएकाले केही फिडरहरुबाट प्रवाह हुँदै आएको बिजुली आपूर्ति साउन ६ गते (भोलि) रोकिने भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?