National life

कोहलपुर-सुर्खेत प्रसारण लाइन बिस्तारमा देखिएको विवाद समाधान गर्न मन्त्री खड्काको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ वैशाख २०८२, मङ्गलबार
850Shares
कोहलपुर-सुर्खेत प्रसारण लाइन बिस्तारमा देखिएको विवाद समाधान गर्न मन्त्री खड्काको निर्देशन
ncell

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधानका लागि निर्देशन दिएका छन् ।

आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर मन्त्री खड्काले आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरेर अगाडि बढ्नका लागि निर्देशन दिएका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीनवटा विद्युत टावर निर्माण हुन नसकेपछि मन्त्री खड्काले आयोजना निर्माणको क्रममा भइरहेको ढिलाइका बारेमा समेत चासो राखे।

‘स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनुहोस्, विकासको कामलाई अगाडि बढाउँदै गर्दा सामान्य मान्छे नमरोस्,’ मन्त्री खड्काले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितहरुको पुर्नवासको सुनिश्चितता गर्नसमेत निर्देशन दिए।

भेटमा आयोजना प्रमुख चौधरीले स्थानीयबासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराएका थिए। उक्त क्षेत्रमा तीनवटा विद्युत टावर बन्न बाँकी रहेको उनको भनाइ थियो।

यो समाचार शेयर गर्नुहोस्
850SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?