काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको अनुमती दिएको छ ।
बोर्डले १ बराबर ०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि हाइड्रोपावर कम्पनीलाई स्वीकृति दिएको हो। यसअनुसार कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। सोमबार कम्पनीको प्रतिकित्ता मल्य ३९९ रुपैयाँ थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म कम्पनी १ करोड ७८ लाख ३५ हजार रुपैयाँ खुद नोक्सानीमा छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८० पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ जम्मा ४८ रुपैयाँ ५७ पैसा रहेको





































