National life

हिमाल दोलखा हाइड्रोपावरले दुई वर्षको साधारण सभा एकैपटक बोलायो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
926Shares
हिमाल दोलखा हाइड्रोपावरले दुई वर्षको साधारण सभा एकैपटक बोलायो
ncell

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले एकैपटक दुई आर्थिक वर्षका लागि वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले १७ औँ र १८ औँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार सभा असार ४ गते बिहान १० बजेदेखि काठमाडौँको सुकेधारास्थित सेलिब्रेशन हाईटमा सञ्चालन हुनेछ। सभामा कम्पनीका अध्यक्षले प्रस्तुत गर्ने दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची राखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका साथै अघिल्ला दुई आर्थिक वर्षका वित्तीय विवरण—वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण—माथि छलफल गरी अनुमोदन गरिनेछ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिने कम्पनीले जनाएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार जेठ २० गतेसम्म सेयर खरिद गरी कायम रहेका लगानीकर्तामात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
926SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?