National life

नेपाल बैंक र चितवन इनर्जीबीच ४.५७ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२१ साउन २०८३, बिहिबार
1.4kShares
नेपाल बैंक र चितवन इनर्जीबीच ४.५७ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता
ncell

काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच चितवन जिल्लामा निर्माण हुने लोवर हुग्दीखोला जलविद्युत् आयोजना (४.५७ मेगावाट) का लागि कर्जा सम्झौता भएको छ। सम्झौताअनुसार आयोजनाको कुल लागतको ७० प्रतिशत बराबरको कर्जा तथा आवश्यक बैंकिङ सुविधा नेपाल बैंकले उपलब्ध गराउनेछ।

नेपाल बैंकका अनुसार साउन २० गते सम्पन्न सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद निरौला ले हस्ताक्षर गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौता कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जलविद्युत् क्षेत्रको विकास र ऊर्जा उत्पादनमा योगदान पुर्‍याउने परियोजनामा वित्तीय व्यवस्थापन गर्न पाउँदा बैंकलाई खुसी लागेको बताए। उनले आयोजना सफलतापूर्वक निर्माण तथा सञ्चालनका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि उत्पादनमूलक क्षेत्रमा नेपाल बैंकको लगानी निरन्तर रहने उल्लेख गरे।

त्यसैगरी, चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद निरौलाले परियोजनामा विश्वास गरी वित्तीय सहयोग उपलब्ध गराएकोमा नेपाल बैंकलाई धन्यवाद ज्ञापन गर्दै तोकिएको समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?