National life

विद्युत बिक्री बढ्दा सुपर मादीको नाफामा ठूलो सुधार, आम्दानी बढ्दा वित्त खर्च घट्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१४ साउन २०८३, बिहिबार
932Shares
विद्युत बिक्री बढ्दा सुपर मादीको नाफामा ठूलो सुधार, आम्दानी बढ्दा वित्त खर्च घट्यो
ncell

काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले विद्युत बिक्री आम्दानीमा वृद्धि र वित्त खर्चमा कमी आएपछि गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उल्लेख्य नाफा कमाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ४२ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको ११ करोड २७ लाख रुपैयाँको तुलनामा २७७.६८ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १ अर्ब १२ करोड ६२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको वित्त खर्च ५४ करोड ३६ लाख रुपैयाँबाट घटेर ४६ करोड ५ लाख रुपैयाँमा झरेको छ । यद्यपि, ह्रासकट्टी खर्च ३० करोड ६७ लाखबाट बढेर ३१ करोड ७९ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च पनि ७ करोड २८ लाखबाट बढेर ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ रहेको छ । रिजर्भ १४ करोड १४ लाखबाट वृद्धि भई ४५ करोड १४ लाख पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४७ करोड १ लाख र चालु दायित्व २२ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य ४१५.२२ रुपैयाँ र तरलता अनुपात २.०८ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
932SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?