National life

अप्पर लोहोरे खोलाको आइपीओ बाँडफाँट, गोलाप्रथाबाट करिव २ लाख भाग्यमानिले पाए शेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
547Shares
अप्पर लोहोरे खोलाको आइपीओ बाँडफाँट, गोलाप्रथाबाट करिव २ लाख भाग्यमानिले पाए शेयर
ncell

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले काठमाडौंमा आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीको साउन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ५१ करोड ५६ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१३ लाख ४५ हजार ४१८ जनाले १ करोड ५१ लाख ५६ हजार ४४० कित्ताको लागि आवेदन दिएका हुन् ।

आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट भएको हो । गोलाप्रथाबाट १ लाख ९५ हजार ३२७ जनाले १०।१० कित्ताका दरले सेयर पाएका हुन् । साथै, सोहि मध्यका ९ जनाले थप १।१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइ बाँडफाँट भइसकेको छ ।

कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारणका लागि जारी गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?