National life

केही दिनमै कार्यान्वयनमा आउन लागेको मार्जिन ट्रेडिङ कस्तो नीति हो ? कसरी हुन्छ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ असोज २०८०, बुधबार
711Shares
केही दिनमै कार्यान्वयनमा आउन लागेको मार्जिन ट्रेडिङ कस्तो नीति हो ? कसरी हुन्छ कारोबार ?
ncell

काठमाडौं। गत शुक्रवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आर्थिक मन्दिमा पुँजीबजारः सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले केही दिनमा नै ब्रोकर मार्फत प्रवाह हुने मार्जिन ट्रेडिङ सम्बन्धी नीति कार्यान्वयनमा आउने बताएका थिए।

अध्यक्ष हमालको शब्दलाई सापटी लिएर भन्ने हो भने केही दिनमा नै कार्यान्वयनमा आउन लागेको मार्जिन ट्रेडिङ धेरै वर्ष अगाडी देखि शेयर लगानीकर्ताको पर्खाइमा रहेको शेयर बजारलाई चलायमान बनाउने महत्त्वपूर्ण औजार हो। खास मार्जिन ट्रेडिङ कस्तो खालको नीति हो ? मार्जिन ट्रेडिङमा कसरी कारोबार हुन्छ ? यसको प्रक्रिया कस्तो हुन्छ ? अझै कतिपय नयाँ लगानीकर्तालाई यो विषयमा खासै थाह नहुन सक्छ। यिनै कुरालाई विचार गरेर हामीले आजको वित्तीय साक्षरता विशेषमा मार्जिन ट्रेडिङ समावेश गरेका छौ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकममा शेयर खरिद गर्न पाउने सुविधालाई मार्जिन ट्रेडिङ भनिन्छ । मार्जिन ट्रेडिङ बजारमा हुने उतार चढावबाट प्रत्यक्ष लाभ लिनका लागि तत्कालीन कारोबार हो । जसको लागि लगानीकर्ताले आफूसँग भएकोभन्दा केही बढी रकम, जुन ब्रोकरले मार्जिनको रूपमा उपलब्ध गराउने गर्छ । त्यसैले मार्जिन कारोबारको प्रयोगले नाफालाई बढाउन मद्दत गर्छ। तर, मार्जिन कारोबारले लगानीमा जोखिम पनि उत्तिकै बढाउँछ।

लगानीकर्ताले मार्जिनमा शेयर किन्नको लागी आफ्नो ब्रोकरकोमा मार्जिन खाता खोलेको हुन्छ। ब्रोकरले छुट्टै खातामा त्यसको शेयर जम्मा गर्छ । र, बैंक हिसाब पनि मार्जिन एकाउन्टमा राख्छ । र, शेयर पनि एउटा मार्जिन निक्षेप खाता खोलेर त्यहाँ जम्मा गर्छ ।

यसको अभिलेख दैनिक रूपमा राखेर नेप्सेलाई जानकारी गराउनु पर्छ । र, यो हरेक विषय लगानीकर्ता आफूले पनि जानकारी दिनु पर्छ । आफ्नो मार्जिन तिर्नु पर्ने छ छैन, सुस्म रूपमा हेर्नुपर्ने हुन्छ । त्यो खातामा सुरुमा लगानीकर्ताले केही रकम मार्जिनका रूपमा राख्नुपर्छ। यो रकमलाई न्यूनतम मार्जिन भनिन्छ। मार्जिन खाता खोलिसकेपछि शेयर दलाल सँग ऋण लिएर शेयर किनबेच गर्न सकिन्छ । किनेको शेयर बेचेपछि पहिला शेयर दलालको ऋण र लागत काटेपछि नाफा लिन सकिनेछ ।

मार्जिनमा ऋण लिएपछि शेयर ब्रोकरलाई व्याज तिर्नुपर्ने हुन्छ। जति धेरै ऋण लिएको हुन्छ। त्यति धेरै व्याज तिर्नुपर्छ। त्यसैले मार्जिनमा शेयर किन्नु छोटो समयको लागि उपर्युक्त हुन्छ। ऋण लिएर जति धेरै समयसम्म शेयर राखिन्छ, व्याज तिर्न त्यति नै धेरै नाफा कमाउन जरुरी हुन्छ।

यो मार्जिन कारोबार भनेको दीर्घकालीन लगानीभन्दा पनि अल्पकालीन लगानीको लागि बढी उपयोगी हुन्छ । यो मार्जिन बढीमा ३ महिनासम्मको लागि दिइन्छ । यो महिना सकिए पछि नवीकरण गर्ने गरिन्छ । यसको लागि लगानीकर्ताले ब्रोकरसँग एउटा स्ट्यान्डर फरम्याटमा सम्झौता हुन्छ । सम्झौता पछि मात्रै उसँग कारोबार सुरु हुन्छ ।

मार्जिनमा कारोबार गर्दा २ वटा महत्त्वपूर्ण कुरा जान्नु पर्दछ। एउटा हो मेन्टेनेन्स मार्जिन जुन लगानीकर्ताले मार्जिन खातामा जम्मा गरेको न्यूनतम रकम हो। यसमा शेयर लगानिको निश्चित प्रतिशतसम्म रकम जम्मा हुनुपर्छ। यो रकम कहिल्यै कम हुनु हुँदैन। किनेको मूल्य भन्दा शेयर भाउ तल झर्दै गयो र मेन्टेनेन्स मार्जिन कम भयो भने ब्रोकरले मार्जिन कल गर्छ। यो दोस्रो महत्त्वपूर्ण कुरा । मार्जिन कल भनेको मार्जिनमा लगानी गरेका लगानीकर्तालाई ब्रोकरले मार्जिन खातामा थप पैसा जम्मा गर्न भनी दिने नोटिस हो।

मार्जिन ट्रेडिङको माध्यमबाट लगानीकर्ताले न्यून पुँजीबाट नै धेरै ठुलो लगानीको अवसर प्राप्त गर्न सक्छन्, तथापि यसको जोखिम पनि लगानी गरिएको पुँजीकै बराबर हुन्छ। त्यसैले मार्जिन ट्रेडिङ सबै लगानीकर्ताका लागि उपयुक्त नहुन सक्छ। भविष्यमा आवश्यक परेको बेला थप पुँजीको व्यवस्था गर्न नसक्ने लगानीकर्ताले यसको प्रयोग नगर्नु नै उत्तम हुन्छ।

पूँजीबजारलाई पेसाको रूपमा प्रयोग गर्ने लगानीकर्तालाई मार्जिन ट्रेडिङ अत्यन्त महत्त्वपूर्ण वित्तीय औजार हो। यसको प्रयोगबाट यस्ता लगानीकर्ताले आफ्ना लगानीका दायराहरू फराकिलो पार्न सक्छन्। तसर्थ नेपाली पूँजीबजारको विकासको लागि मार्जिन ट्रेडिङ अत्यन्त महत्त्वपूर्ण ढोका हो।

लगानीकर्ताहरूले आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिमा मार्जिन ट्रेडिङ कर्जाका लागि तत्काल १० अर्बको कोष खडा गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका थिए। तर मौद्रिक नीतिमा उक्त कुराको कुनै सुनुवाइ नै भएन।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?