National life

एनआरएन इन्फ्रास्ट्रक्चरको वित्तीय विवरण सार्वजनिक,हेर्यौ कस्तो छ अवस्था ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
704Shares
एनआरएन इन्फ्रास्ट्रक्चरको वित्तीय विवरण सार्वजनिक,हेर्यौ कस्तो छ अवस्था ?
ncell

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी आम्दानी घटेपनि खुद नाफा भने धनात्मक रहेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा ८८ लाख ८३ हजार रुपैयाँ धनात्मक भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४५ लाख ४९ हजार रुपैयाँ ऋणात्मक थियो।

कम्पनीको आम्दानी घटेपनि वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तनबाट नाफां भएका कारण खुद नाफा धनात्मक हुन पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४१.९३ प्रतिशत घटेको छ भने कुल खर्च ३.९० प्रतिशत मात्र घटेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५२.४६ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा १ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन नाफा, चालु आर्थिक वर्षको सोही अवधिमा ७६ लाख ५२ हजार धनात्मक भएको छ। जसका कारण कम्पनीको नाफा पनि धनात्मक हुन पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ६४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३४.९४ गुणा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?