काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ । छापावाल सुनको भाउ एकैदिन १० हजार १ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको सुन आज घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको सम्बन्धित व्यवसायी महासंघले जनाएको छ ।
यससँगै चाँदीको मूल्य पनि घटेको छ ।
मंगलबार प्रतितोला ४ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज १८५ रुपैयाँले सस्तो भई ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूले बताएका छन् ।
































