National life

ग्यास्ट्रिकका बिरामीले दशैँमा के खान हुन्छ के खान हुदैँन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ कात्तिक २०८०, मङ्गलबार
384Shares
ग्यास्ट्रिकका बिरामीले दशैँमा के खान हुन्छ के खान हुदैँन ?
ncell

हिन्दु नेपालीहरुको महान पर्व दशै तथा तिहारको रौनकले नेपालीलाई छोइसकेको छ ।घरमा भएकाहरुले दशैँमा के गर्ने, र घर बाहीर रहेकाले घर कहिले जाने भनी मेसो मिलाउन थालिसके । दसैँमा मिलेसम्म घरमै खसी काट्ने नभए छिमेकसँग मिल्ने या बजारबाट मासु ल्याएर पकाउने परम्परा नै छ । मासुसंगै अन्य थुप्रै स्वादिष्ट परिकारहरु पकाइन्छ। रातो टीका र जमराको पर्व भनेर चिनिने दशैं सायदै कसैले मासुबिना टार्न खोज्दैनन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर, शरिरमा रोग भएकाहरुले खानपानमा सावधानी नअपनाए दसैँैं दशा बन्न सक्छ। मुटु रोगीको लागि मात्र हैन सामान्य ग्यास्ट्राइटिस लागि धेरै मासु खाँदा केही कुरामा भने ध्यान पु¥याउनु जरुरी छ। सामान्य कुरालाई वेवास्ता गरे, दसैँमा अस्पतालको बास हुन सक्छ ।

मानव शरीरमा धेरै हुने समस्यामध्ये ग्याष्ट्रिक पनि एक हो। खानपानको असन्तुलन र हेलचेक्राइ गरेमा यो रोग लाग्दछ। चिकित्सकीय भाषामा ‘प्रिभ्रेन्सन इज बेटर द्यान क्युर’ भनिन्छ। त्यसैले रोग लाग्नुभन्दा पहिले सावधानी अपनाए रोग लाग्नै रोक्नु उत्तम हो। ७५ प्रतिशतभन्दा बढी मानिसलाई खानपिनको कारण ग्याष्ट्रिक भएको देखिन्छ।

अहिले ग्यास्ट्राइटिस नभएको मानिस नेपाली हुन सक्दैन भन्ने पनि सुनिन्छ । यो एकदम गलत हो। खानपिनमा सन्तुलन ग¥यो भने ग्यास्ट्राइटिसले छुँदैन। वास्तवमा ग्यास्ट्राइटिस रोग नै होइन। तर, यसले दसैँैमा धेरैलाई पिरोल्छ।

शारीरिक व्यायम गर्ने, चिल्लो पिरो नखाने र योग गर्ने हो भने ग्यास्ट्राइटिस आफै हराएर जान्छ। तर, ग्यास्ट्राइटिस हुँदा हेलचेक्राइ गर्ने थाल्यो भने अल्सर, क्यान्सर जस्ता खतरनाक रोग लाग्न सक्छ। दशैको बेला चिल्लो पिरो नखाने भन्ने असम्भव जस्तै छ। तर, अरु खानासँग सन्तुलन मिलाएर खाएमा धेरै असर हुन्न। खाली पेटमा र एकैपटक धेरै खानु हुन्न र पकाउँदा पिरो र चिल्लो कम राख्नुपर्र्छ ।

पेट दुख्ने, पोल्ने र अम्लपित्त हुने लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटबीचको खाल्टो वरिपरी दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु नै यसका लक्षण हुन्। ग्यास्ट्राइटिस हुँदा मुख बिग्रिने, पेट भारी हुने, रिंगटा लाग्ने, टाउको दुख्ने र पेट फुल्ने गर्छ।

आमाशयका भित्तामा भएको इन्फ्लायिसन सुन्निएर रातो–तातो भएर दुख्ने समस्या भयो भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ हुन्छ। यस्तो अवस्थालाई भने अल्सर भनिन्छ। ग्यास्ट्राइटिस विकराल रुप नै अल्सर हो। ग्यास्ट्राइटिसबाट अल्सर र क्यान्सर हुने हुँदा खानपानमा विशेष ध्यान पु¥याउनुपर्छ।

कसरी हुन्छ ग्याष्ट्रिक?

– चिसो पेय पदार्थको बढी सेवन
– बढी तैलीय तथा मसालेदार खाना
– नशाजन्य वस्तुहरुको प्रयोग
– ढिलो सुत्ने तथा ढिलो उठ्ने बानी
– धेरै चिया तथा कफीको सेवन
– बिस्कुट, पाउरोटी, बर्गर आदिको नियमित सेवन
– चना, राजमा तथा मासको दालको प्रयोग
– एकै पटक बढी खाना खानु
– खाना खाँदा पानी पिउनु

के खान मिल्छ ?

फाइवरयुक्त, भिटामिन युक्त होलग्रेन्स खाना, क्याल्सियम, एन्टी अक्सिडेन्ट, चिकेन, माछा, हरियो सागपात गेडागुडी र अण्डा समय मिलाएर खानुपर्छ।

प्रचुर मात्रामा प्रोटिन युक्त खाना जस्तै माछा, मासु, गेडागुडीले पनि एच पाइलोरी क्रोनिक ग्यास्ट्राइटिसको संक्रमणबाट जोगाउने पत्ता लागेको छ। तर, यसको मात्रा मिलाउनुपर्छ। मासुले ग्यास्ट्राइटिस ठिक हुन्छ भनेर मासु मात्र खानुहुन्न।

दहीमा हुने ुप्रोबायोटिक बटर मिल्कुले पनि ग्याष्ट्रिकलाई ठिक गर्न सहयोग गर्छ।

अमिलो जातका फलफुल, गेडागुडी, पिडालु, प्याज काउलीमा पाइने फ्लेमोन्वाइडस अनि स्याउ, बेसार, ग्रीन टी, अंगुरमा पाइने पोलीफिनोल्सले पेटको संक्रमण गर्ने एच पाइलोरी व्याक्टेरिया फैलिनबाट जोगाउँछ।

के नखाने ?

– चिसो पेय पदार्थ
– चिया, कफी
– बढी चिल्लो बोसो भएको खाना
– मैदाबाट बनेको खानेकुरा जस्तै पास्ता, सेतो ब्रेड, कुकिज केक
– चिनी
– धुमपान, मध्यपान,
– पोलेका मासुहरु

यसबाहेक अनावश्यक रुपमा दुखाई कम गर्ने पेन किलर औषधीहरु सेवन नगर्ने। सेकुवा लगायतका पोलेका खानेकुरा, मद्यपान र धुमपान नगर्ने। खाना एकैपटक धेरै खानुभन्दा थोरै–थोरै पटक– पटक गरेर खाने। नियमित समयमा सुत्ने र नियमित समयमा उठ्ने कुरालाई इमान्दार भएर पालन गर्नुपर्छ ।

समयमा नै एच पाइलोरी किटाणुको जाँच अनि उपचार गर्ने जसले अल्सर र क्यान्सर जस्तो ठूलो रोगबाट जोगाउँछ। आफन्त, छिमेकी र साथीभाइको कुरा सुनेर प्रमाणित नभएका बिभिन्न औषधीहरु र जडिबुटीको सेवन नगर्ने। विशेषज्ञ डाक्टरसँग जँचाएर उनको सल्लाह अनुसार औषधी सेवन गर्ने र अनुशासित जिवनशैली अपनाउने गरेमा यसबाट बच्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
384SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?