National life

आइतबार र सोमबार भारीदेखि अति भारी वर्षाको सम्भावना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२७ असार २०८३, शनिबार
1.1kShares
आइतबार र सोमबार भारीदेखि अति भारी वर्षाको सम्भावना
ncell

काठमाडौँ - आइतबार र सोमबार देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि तथा पूर्वतर्फ नेपालको तराई भू–भाग नजिक अवस्थित रहेकाले वर्षा हुने सम्भावना बढेको हो।

पूर्वानुमानअनुसार आइतबार र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित ती प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

विभागले सक्रिय मनसुनका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसम सम्बन्धी सूचनामा नियमित अद्यावधिक रहन आग्रह गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?