National life

सिंहदरबार भित्रैको क्यान्टिनमा अखाद्य वस्तु भेटिए, घुन लागेको दाल र सडेका अन्डा बरामद

उपभोक्ताको स्वास्थ्यमा असर पार्न सक्ने अवस्थाका खाद्य सामग्री भण्डारण गरिएको पाइएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२९ जेठ २०८३, शुक्रबार
3.2kShares
सिंहदरबार भित्रैको क्यान्टिनमा अखाद्य वस्तु भेटिए, घुन लागेको दाल र सडेका अन्डा बरामद
ncell

काठमाडौं । सिंहदरबारभित्र सञ्चालनमा रहेको एक क्यान्टिनमा अनुगमनका क्रममा खाद्य सुरक्षासम्बन्धी गम्भीर कमजोरी फेला परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले शुक्रबार गरेको आकस्मिक निरीक्षणमा ‘जी एन्ड बी क्याफे ग्रुप’ द्वारा सञ्चालित सेन्ट्रल क्यान्टिनमा मापदण्डविपरीत गतिविधि भेटिएको हो ।

अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा असर पार्न सक्ने अवस्थाका खाद्य सामग्री भण्डारण गरिएको पाइएको छ । स्टोरमा १७ किलो बासी/घुन लागेको चना, ११ किलो चिस्यान परेको बदाम र प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका १४ वटा फुटेका अन्डा फेला परेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

करिब ६ हजार ५ सय रुपैयाँभन्दा बढी मूल्यका ती सामग्रीलाई टोलीले जफत गरी नष्ट गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मापदण्ड उल्लंघन गरेको ठहर गर्दै क्याफेलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा रहेको ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ मा गरिएको अनुगमनमा आवश्यक कागजात र खरिद बिल नपाइएको पाइएपछि १० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

अनुगमन टोलीले काठमाडौंका अन्य १० वटा फर्ममा समेत निरीक्षण गरेको थियो । तीमध्ये अधिकांशमा सामान्य त्रुटि भेटिएको र तत्काल सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
3.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?