National life

अधिक तरलता कायमै : आज फेरि २५ अर्ब झिक्दै राष्ट्र बैंक, ३ बजेबाट बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ चैत २०८१, आइतबार
602Shares
अधिक तरलता कायमै : आज फेरि २५ अर्ब झिक्दै राष्ट्र बैंक, ३ बजेबाट बोलकबोल
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता कायमै भएसँगै राष्ट्र बैंकले (आज) आइतबार २५ अर्ब रुपैयाँ झिक्न लागेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो।

राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट बोलकबोल गर्न सकिने जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

Royal Enfield
nic asia capital

यसको साँवा तथा ब्याज भुक्तानी वैशाख ७ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?