National life
cg eloctronics

कर्जा प्रवाहमा सुस्तता आउँदा बैंक वित्तीय संस्थामा चुलियो तरलता : ११ महिनामा २१३ खर्ब बढी प्रशोचन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असार २०८२, बिहिबार
765Shares
कर्जा प्रवाहमा सुस्तता आउँदा बैंक वित्तीय संस्थामा चुलियो तरलता : ११ महिनामा २१३ खर्ब बढी प्रशोचन
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको एघार महिनामा २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ। यस अवधिमा राष्ट्र बैंकले २७ खर्ब ८४ अर्ब ८० करोड निक्षेप संकलन बोलकबोलमार्फत र १८५ खर्ब ५८ अर्ब ७० करोड स्थायी निक्षेप सुविधामार्फत खिचेको हो।

पछिल्लो वर्षको सोही अवधिमा राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत कुल १९० खर्ब ८४ करोड रुपैयाँ तरलता प्रशोचन गरेको थियो। यस अवधिमा २ अर्ब ७० करोड रुपैयाँ ओभर नाइट तरलता सुविधा समेत प्रयोगमा आएको बैंकले उल्लेख गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, विदेशी विनिमय कारोबारतर्फ राष्ट्र बैंकले ५ अर्ब १ करोड अमेरिकी डलर खुद खरिद गरी ६ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा डलर ५ अर्ब ३३ करोड खरिदमार्फत ७ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरिएको थियो।

११ महिनाको अवधिमा ३ अर्ब ४६ करोड अमेरिकी डलर बिक्री गरेर राष्ट्र बैंकले ४ खर्ब ७१ अर्ब ३९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ। अघिल्लो वर्ष यो कारोबार अझै उच्च रहेको थियो – डलर ३ अर्ब ६४ करोड बिक्रीमार्फत ४ खर्ब ८४ अर्ब ४४ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।

everest bank

साथै, वाणिज्य बैंकहरूले अन्तर–बैंक कारोबारतर्फ चालु वर्षको ११ महिनामा १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरूले १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्। यसरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँ बराबरको अन्तर–बैंक कारोबार भएको छ। अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिन गएको हो ।

यो समाचार शेयर गर्नुहोस्
765SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?