National life

राष्ट्र बैंकले ३५ अर्ब निक्षेप संकलन गर्दै, १८० दिनका लागि बोलकबोल

बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०३ भदौ २०८३, बुधबार
1.4kShares
राष्ट्र बैंकले ३५ अर्ब निक्षेप संकलन गर्दै, १८० दिनका लागि बोलकबोल
ncell

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ ३ गते निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैंकका अनुसार १८० दिन अवधिका लागि निक्षेप संकलन गर्न लागिएको हो। बोलकबोल प्रक्रिया दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत सञ्चालन हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ।

बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ। त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसम्म बोल गर्न सकिनेछ। यद्यपि, एक संस्थाले कुल आह्वान रकमको १०० अर्ब रुपैयाँको सीमाभित्र रहेर बोल गर्न सक्ने व्यवस्था गरिएको छ।

निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकता दिई क्रमशः रकम बाँडफाँड गरिनेछ। समान ब्याजदरमा आह्वान रकमभन्दा बढी माग परेमा समानुपातिक आधारमा बोलपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी निक्षेप खातामा जम्मा गरिनेछ। निष्काशनका दिन खातामा पर्याप्त मौज्दात नभए सम्बन्धित संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाउने व्यवस्था समेत गरिएको छ।

निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी माघ ८ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?