National life

राष्ट्र बैंकले बजारबाट खिच्दै ७० अर्ब, बैंकहरूले कति ब्याज प्रस्ताव गर्लान्?

बैंकमा लगानीयोग्य रकम थुप्रियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१२ घण्टा अगाडि|२३ असोज २०८३, शुक्रबार
579Shares
राष्ट्र बैंकले बजारबाट खिच्दै ७० अर्ब, बैंकहरूले कति ब्याज प्रस्ताव गर्लान्?
ncell

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले दुई महिनाका लागि निक्षेप संकलन उपकरण जारी गर्दै बिहीबार बोलकबोल गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँले भाग जाने रकमका लागि आवेदन दिन सकिनेछ। निक्षेप संकलनको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस उपकरणमा राखिएको साँवा तथा ब्याज आगामी मंसिर २३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी तरलता हुँदा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत निश्चित अवधिका लागि रकम खिच्ने गर्छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?