National life

तरलता थपिनेक्रम नरोकिएपछि आज फेरि ६० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असार २०८२, बुधबार
687Shares
तरलता थपिनेक्रम नरोकिएपछि आज फेरि ६० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक
ncell

काठमाडौँ।  बैंक तथा वित्तीय संस्थामा तरलता थपिनेक्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्न लागेको छ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधवार बजारबाट पैसा झिक्दै आएको छ।

Royal Enfield
nic asia capital
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

यसको साँवा तथा ब्याज भुक्तानी भदौ १८ गते हुनेछ ।  निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?