National life

बैंकिङ्ग प्रणालीमा अधिक तरलता कायमै: आज फेरि ४० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
571Shares
बैंकिङ्ग प्रणालीमा अधिक तरलता कायमै: आज फेरि ४० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक
ncell

काठमाडौँ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिने क्रममा सुधार नदेखिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण मार्फत तरलता खिचिरहेको छ । सोही क्रममा (आज) चैत ३ गते बैंकिङ्ग प्रणालीबाट केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको मार्फत बैंकिङ्ग प्रणालीबाट आज माथि उल्लेखित रकम खिच्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

यो २१ दिने निक्षेप संकलन उपकरणको चैत २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?