National life

बैंकिङ प्रणालीमा तरलता चुलिँदा सिडी रेसियो ७८ % भन्दा तल, ब्याजदर घट्न सक्ने संकेत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असार २०८२, बुधबार
915Shares
बैंकिङ प्रणालीमा तरलता चुलिँदा सिडी रेसियो ७८ % भन्दा तल, ब्याजदर घट्न सक्ने संकेत
ncell

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै गएको छ। अधिक तरलता व्यवस्थापन गर्नका नेपाल राष्ट्र बैंकले आज मात्रै ६० अर्ब रुपैयाँ खिचेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको औसत क्रेडिट टु डिपोजिट (सीडी) रेसियो ७७.९१ प्रतिशतमा झरेको छ।

Royal Enfield
nic asia capital

बैंकिङ प्रणालीमा ऋणको माग कम हुनु र निक्षेपको वृद्धिदर उच्च रहनुले तरलता थुप्रिएको जानकारहरूका भनाई छ । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल निक्षेप ७० खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५५ खर्ब ७६ अर्ब रुपैयाँमा सीमित छ।

बुधवारसम्म ७० खर्ब ३५ अर्ब रुपैयाँ रहेको निक्षेप बिहीबारसम्म ७० खर्ब ४३ अर्ब रुपैयाँ पुगेको हो। त्यस्तै बुधवारसम्म कर्जा प्रवाह ५५ खर्ब ७४ अर्ब रुपैयाँ रहेकोमा बिहीबार ५५ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको हो।

एक दिनमा कर्जा प्रवाह १ अर्ब रुपैयाँले वृद्धि भएको छ। बिहीबारसम्म वाणिज्य बैंकमा निक्षेप ६३ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४९ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

त्यस्तै, वाणिज्य बैंकहरुको मात्रै कुरा गर्दा कुल निक्षेप ६३ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४९ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित भएको छ। बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको सीमाभन्दा झण्डै १२ प्रतिशतले तल झरेको छ, जसले निकट भविष्यमा ब्याजदर थप घट्न सक्ने संकेत देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
915SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?