काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बजारबाट एकैसाथ ४५ अर्ब रुपैयाँ खिच्न लागेको छ । बजारमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले ४२ दिनको अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत उक्त रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । सूचनामा इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ ।
इच्छुक आवेदकले प्रस्तावित ब्याजदरसहित घटीमा केन्द्रीय बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने छ । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । ब
निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।
यसको सावा तथा ब्याज भदौ १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले असार लागेसँगै यो सातौ पटक निक्षेप संकलन लागेको हो ।
































