National life

रोकिएन अधिक तरलता थपिने क्रम: आज ५० अर्ब खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ असोज २०८१, बुधबार
660Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थपिने क्रम नरोकिएपछि आज एकै दिन ५० अर्ब तान्ने भएको छ।

केन्द्रीय बैंकले ७ दिनको लागि निक्षेप संकलन उपकरण मार्फत बोलकबोल गर्ने भएको हो । यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिनेछ भने निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बताएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रोकिएन अधिक तरलता थपिने क्रम: आज ५० अर्ब खिच्दै राष्ट्रबैंक | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस