National life

दूरसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन नियमन कडा पार्छौं : घिमिरे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१५ असोज २०८३, बिहिबार
363Shares
दूरसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन नियमन कडा पार्छौं : घिमिरे
ncell

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताएका छन्।

Royal Enfield
nic asia capital

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले दूरसञ्चार सेवा अत्यावश्यक भइसकेकाले सेवा प्रदायकको व्यवस्थापन र नियमनमा प्राधिकरण थप सक्रिय हुनुपर्ने बताए।

घिमिरेका अनुसार नेपालमा भ्वाइस सेवा दिने अपरेटरको संख्या विगतको ६ वटाबाट घटेर अहिले २ वटामा सीमित भएको छ। अर्कोतर्फ इन्टरनेट सेवा प्रदायक (आईएसपी) को संख्या भने बढिरहेको उनले बताए।

दूरसञ्चार क्षेत्रको कुल आम्दानी पनि घट्दो क्रममा रहेको उनको भनाइ छ। उनका अनुसार डेटा सेवाबाट हुने आम्दानी बढे पनि भ्वाइस सेवाको आम्दानी घटिरहेको छ। यद्यपि, आम उपभोक्तामा दूरसञ्चार सेवाको प्रयोग निरन्तर बढिरहेको उनले बताए।

यी अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले नियमनको दायरा विस्तार गर्नुका साथै आवश्यक क्षेत्रमा नियमनलाई थप कडाइ गर्ने उनले बताए।

सरकारसँग समन्वय गरेर दूरसञ्चार क्षेत्रका समस्या समाधानतर्फ अघि बढ्ने उल्लेख गर्दै घिमिरेले प्राधिकरणका कामकारबाहीमाथि निगरानी राख्न सञ्चार क्षेत्रलाई ‘वाचडग’को भूमिका निर्वाह गर्न आग्रह गरे।

यो समाचार शेयर गर्नुहोस्
363SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?