National life

इन्टरनेट सेवाप्रदायकले सार्वजनिक गरे नयाँ महशुल, यस्तो छ प्याकेज

कुन कम्पनीको इन्टरनेट कति सस्तो?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
1.3kShares
इन्टरनेट सेवाप्रदायकले सार्वजनिक गरे नयाँ महशुल, यस्तो छ प्याकेज
ncell

काठमाडौं । इन्टरनेटको गति बढाउँदै शुल्कमा प्रतिस्पर्धा गर्ने क्रम तीव्र बनेको छ। नेपालका ११ प्रमुख इन्टरनेट सेवाप्रदायकले नेपाल दूरसञ्चार प्राधिकरणबाट नयाँ महशुल दर स्वीकृत गराएर उच्च गतिको इन्टरनेटसहित विभिन्न नयाँ प्याकेज सार्वजनिक गरेका छन्। कम्पनीअनुसार २० एमबीपीएसदेखि ६५० एमबीपीएससम्मका प्याकेज सार्वजनिक भएका छन्।

प्राधिकरणको अद्यावधिक विवरणअनुसार सेवाप्रदायकहरूले उच्च गतिको इन्टरनेटमा ग्राहक आकर्षित गर्न विभिन्न ब्यान्डविथका प्याकेज प्रतिस्पर्धात्मक मूल्यमा ल्याएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नयाँ दर सार्वजनिक गर्ने कम्पनीमा वर्ल्डलिंक, भायोनेट, सुबिसु, नेपाल एयरलिंक, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस, फर्स्टलिंक, निम्बल नेटवर्क, इनोभेटिभ कम्युनिकेसन, स्विफ्ट नेट र एननेट छन्।

स्वीकृत नयाँ दरअनुसार वर्ल्डलिंकले १:२ को न्यून सेयरिङ रेसियोमा विभिन्न उच्च गतिको प्याकेज ल्याएको छ। कम्पनीले २०० एमबीपीएसको मासिक शुल्क १ हजार १९० रुपैयाँ, ३०० एमबीपीएसको १ हजार ३०० रुपैयाँ, ५०० एमबीपीएसको १ हजार ४०० रुपैयाँ र ६०० एमबीपीएसको १ हजार ६६७ रुपैयाँ तोकेको छ।

भायोनेटले भने १०० एमबीपीएसका लागि मासिक १ हजार २६१ रुपैयाँ, २०० एमबीपीएसका लागि १ हजार ५२६ रुपैयाँ, ३०० एमबीपीएसका लागि १ हजार ८३६ रुपैयाँ र ६५० एमबीपीएसका लागि २ हजार ६९९ रुपैयाँ शुल्क निर्धारण गरेको छ।

सुबिसुले १ हजार ९०० जीबी डाटासहित ४५० एमबीपीएस प्याकेजको मासिक शुल्क १ हजार ८५८ रुपैयाँ तोकेको छ। त्यस्तै, २ हजार जीबी डाटासहितको ६५० एमबीपीएस प्याकेजका लागि मासिक २ हजार १२४ रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीले कम गतिको इन्टरनेट प्रयोग गर्ने ग्राहकका लागि २० देखि ३०० एमबीपीएससम्मका फलब्याक प्याकेजसमेत ल्याएको छ। यी प्याकेजको मासिक शुल्क ७५१ रुपैयाँदेखि १ हजार ५१७ रुपैयाँसम्म छ। फलब्याक प्याकेजमा तोकिएको डाटा सीमा सकिएपछि सेवा पूर्ण रूपमा बन्द नभई कम गतिमा सञ्चालन हुने व्यवस्था हुन्छ।

पोखरा इन्टरनेटले २० एमबीपीएसको मासिक शुल्क ५८९ रुपैयाँ तोकेको छ। सोही प्याकेजको वार्षिक शुल्क ५ हजार ८९९ रुपैयाँ कायम गरिएको छ। कम्पनीले १०० एमबीपीएसका लागि मासिक ९२७ रुपैयाँ शुल्क निर्धारण गरेको छ।

एभरेष्ट वायरलेसले होम प्याकेजअन्तर्गत १२० एमबीपीएसको मासिक शुल्क ७५८ रुपैयाँ र ३०० एमबीपीएसको १ हजार २१७ रुपैयाँ तोकेको छ।

फर्स्टलिंकले २०० एमबीपीएसका लागि १ हजार ११ रुपैयाँ तथा ३०० एमबीपीएसका लागि १ हजार १७९ रुपैयाँ मासिक शुल्क निर्धारण गरेको छ। स्विफ्ट नेटले १०० एमबीपीएसको १ हजार रुपैयाँ र १७० एमबीपीएसको १ हजार ५०० रुपैयाँ शुल्क तोकेको छ।

एननेटले ५० देखि ४०० एमबीपीएससम्मका विभिन्न प्याकेज सार्वजनिक गरेको छ। यी प्याकेजको मासिक शुल्क ८०० रुपैयाँदेखि १ हजार ६०० रुपैयाँसम्म छ।

निम्बल नेटवर्कले ५० देखि २०० एमबीपीएससम्मका प्याकेजमा ७९६ रुपैयाँदेखि १ हजार ६८१ रुपैयाँसम्म मासिक शुल्क तोकेको छ। इनोभेटिभ कम्युनिकेसनले १५० एमबीपीएसको ९०० रुपैयाँ र २०० एमबीपीएसको १ हजार १०० रुपैयाँ मासिक शुल्क निर्धारण गरेको छ।

नेपाल एयरलिंकले देशभरका लागि २० एमबीपीएस इन्टरनेटको मासिक शुल्क १ हजार ४० रुपैयाँ तोकेको छ। कम्पनीले हिमाली तथा पर्यटकीय क्षेत्रका लागि भने छुट्टै हटस्पट दर सार्वजनिक गरेको छ।

लुक्ला र नाम्चे क्षेत्रमा १० जीबी डाटाका लागि ४३४ रुपैयाँ ८० पैसा र २५ जीबीका लागि २ हजार १७३ रुपैयाँ ९० पैसा शुल्क तोकिएको छ। त्यस्तै, त्याङबोचे र पाङबोचे क्षेत्रमा १० जीबीको शुल्क ६१९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

डिङबोचे, लोबुचे, गोरकसेप र गोक्यो लगायतका उच्च हिमाली क्षेत्रमा १० जीबी डाटाको शुल्क ८६९ रुपैयाँ ५६ पैसा र १५ जीबीको १ हजार ३९१ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

प्राधिकरणका अनुसार सेवाप्रदायकहरूले स्वीकृत गराएको महशुलमा प्राविधिक सहयोग तथा मर्मतसम्भार शुल्क समावेश गरिएको छ। तर, उल्लेखित दरमा सरकारी नियमअनुसार लाग्ने दूरसञ्चार सेवा शुल्क (टीएससी) र मूल्य अभिवृद्धि कर (भ्याट) भने थपिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?