National life

एप्पलको पहिलो फोल्डेबल आईफोन सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

आज एप्पलको ठूलो घोषणा : फोल्डेबल आईफोनसहित नयाँ उत्पादन सार्वजनिक हुँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|२४ भदौ २०८३, बुधबार
1.1kShares
एप्पलको पहिलो फोल्डेबल आईफोन सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?
ncell

काठमाडौं । एप्पलले बुधबार आयोजना गर्न लागेको वार्षिक उत्पादन सार्वजनिक कार्यक्रममा नयाँ पुस्ताका आईफोनसहित पहिलो पटक फोल्ड गर्न मिल्ने आईफोन सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले औपचारिक रूपमा उत्पादनबारे विवरण सार्वजनिक नगरे पनि अमेरिकी सञ्चारमाध्यम तथा प्रविधि विश्लेषकहरूले कार्यक्रमका सम्भावित आकर्षणबारे विभिन्न अनुमान गरेका छन्।

क्यालिफोर्नियाको कुपर्टिनोस्थित एप्पल मुख्यालयबाट आयोजना हुने ‘सरप्राइज एन्ड साइन’ नाम दिइएको कार्यक्रम नेपाली समयअनुसार बुधबार राति १०ः४५ बजे सुरु हुनेछ। कार्यक्रममा आईफोन १८ प्रो र प्रो म्याक्ससँगै पहिलो फोल्डेबल आईफोन, एप्पल वाच र एयरपड्सका नयाँ संस्करण सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत साता मात्र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका जन टर्नसका लागि यो कार्यक्रम नेतृत्व सम्हालेपछिको पहिलो ठूलो उत्पादन सार्वजनिक कार्यक्रम हुनेछ। उनको नेतृत्वमा एप्पलले कृत्रिम बौद्धिकतासम्बन्धी आफ्ना उत्पादन र सेवामा सुधार गर्दै गुगल, मेटालगायत प्रविधि कम्पनीसँगको प्रतिस्पर्धा बलियो बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सबैभन्दा बढी चासो फोल्डेबल आईफोनप्रति देखिएको छ। विभिन्न सञ्चारमाध्यमका अनुसार एप्पलले यसलाई ‘आईफोन अल्ट्रा’ नाम दिन सक्ने सम्भावना छ। किताबजस्तै खुल्ने उक्त फोनमा बाहिरीतर्फ करिब ५.५ इन्च र भित्रीतर्फ ७.८ इन्चको प्रदर्शन रहने अनुमान गरिएको छ। फोन खोलेपछि यसको मोटाइ करिब ४.५ मिलिमिटर हुने तथा अनुहार पहिचान प्रविधिको सट्टा पावर बटनमै औँठाछाप पहिचान प्रणाली राखिन सक्ने चर्चा छ।

फोल्डेबल आईफोनको सुरुवाती मूल्य करिब २ हजार १९९ अमेरिकी डलर, अर्थात् नेपाली रुपैयाँमा करिब ३ लाख ३२ हजार रुपैयाँ हुन सक्ने अनुमान गरिएको छ। उच्च भण्डारण क्षमताको मोडलको मूल्य भने ३ हजार अमेरिकी डलरसम्म पुग्न सक्ने बताइएको छ।

आईफोन व्यवसायका हिसाबले एप्पलका लागि पछिल्लो समय सकारात्मक रहँदै आएको छ। आईफोन १७ सिरिजको बिक्रीले बलियो प्रदर्शन गरेको थियो। अमेरिकामा सार्वजनिक भएको पहिलो पाँच महिनामा यसको बिक्री अघिल्लो पुस्ताको तुलनामा ७.७ प्रतिशत बढी रहेको तथ्यांक सार्वजनिक भएको थियो।

तर एप्पलले उत्पादन लागत बढ्नु, आपूर्ति शृंखलामा देखिएको दबाब र भूराजनीतिक चुनौतीसँगै कृत्रिम बौद्धिकता तथा फोल्डेबल फोनको क्षेत्रमा सामसङ र हुवावे लगायतका प्रतिस्पर्धीसँग कडा प्रतिस्पर्धा गरिरहेको छ। यस्तो अवस्थामा एप्पलको पहिलो फोल्डेबल आईफोन र कृत्रिम बौद्धिकतासम्बन्धी नयाँ घोषणाले कम्पनीको आगामी रणनीतिको संकेत दिने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?