National life

आगामी शुक्रवारबाट एक घण्टामै श्रम स्वीकृति पाउन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
607Shares
आगामी शुक्रवारबाट एक घण्टामै श्रम स्वीकृति पाउन सकिने
ncell

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ ।

सामान्यतया अहिले सबै कागजात अनलाइन गरिसकेपछि पनि श्रम लिनलाई दुईदेखि चार दिनसम्म रोकिनुपर्छ तर अब भने एक एकै घण्टामा श्रम तयार हुने मन्त्रालयको भनाई छ ।

यता श्रम विभागमा कार्यरत कर्मचारीले भने पटक पटक सरबरमा समस्या देखिएको कारण अहिलेपनी एक व्यक्तिको श्रम गर्न ७२ घण्टा भन्दा बढी समय लाग्ने गरेको जानकारी दिएका छन्।

आज एक कार्यक्रमकाबीच श्रम मन्त्री डोलप्रसाद अर्यालले यस्तो जानकारी दिएका हुन् ।  

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

उनले आगामी शुक्रवारभित्र एक घण्टामै श्रम स्वीकृतिको सक्कल कागजात कामदारको हातमा हुने गरी व्यवस्था गर्न निर्देशन दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?