National life

एक्सनमा विद्युत् प्राधिकरण, विद्युत् महसुल बक्यौता नबुझाउने जगदम्बा स्टिलको लाइन काटियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
714Shares
एक्सनमा विद्युत् प्राधिकरण, विद्युत् महसुल बक्यौता नबुझाउने जगदम्बा स्टिलको लाइन काटियो
ncell

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको विद्युत् महसुल बक्यौता नबुझाएका कम्पनीको दिनप्रतिदिन  विद्युत् लाइन काट्न थालेको छ ।

सोही अन्तर्गत जगदम्बा स्टिलको विद्युत् लाइन पनि काटेको छ । प्राधिकरणले विद्युत् महसुल नतिरेको भन्दै जगदम्बा स्टिलको लाइन काटेको हो । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत जगदम्बा स्टिलले प्राधिकरणलाई १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणले बिहीबार जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको थियो । जगदम्बा सिन्थेटिक्सले १६ करोड रुपैयाँ बढी र हुलास स्टिलले ११ करोड २९ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ ।

यस अगाडि गत मंगलबार पनि प्राधिकरणले बक्यौता भुक्तानी नगरेको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । यससँगै प्राधिकरणबाट लाइन काटिने उद्योगको सङ्ख्या ६ पुगेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?