National life

एफएनसीसीआईमा शक्ति संघर्ष चर्किँदै : घिमिरे समूह मैदानमा, यस्तो छ एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
1.2kShares
एफएनसीसीआईमा शक्ति संघर्ष चर्किँदै : घिमिरे समूह मैदानमा, यस्तो छ एजेण्डा
ncell

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै भावी अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको समूहबाट वस्तुगततर्फ शिवप्रसाद घिमिरेले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा घिमिरे समूहले ‘हामी नै किन?’ भन्ने मूल प्रश्नको जवाफ प्रस्तुत गर्दै आफ्नो प्रतिबद्धता पत्र तथा कार्ययोजना सार्वजनिक गरेको हो। निर्वाचनको माहोल तातेसँगै घिमिरेले महासंघलाई ‘निर्णायक मोड’ मा पुगेको संस्था भन्दै निजी क्षेत्रको खस्किँदो मनोबल उकास्न आफूहरू अग्रसर भएको बताएका छन्।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले अबको नेतृत्व ‘कुरा भन्दा काम’ मा केन्द्रित हुनुपर्नेमा जोड दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निजी क्षेत्रमैत्री नीति, कर सुधार र व्यावसायिक वातावरण सुधारका विषयमा महासंघ अब औपचारिक टिप्पणीमा सीमित नहुने उनको भनाइ छ।
‘आवश्यक परे दबाब सिर्जना गर्ने, संवादलाई निर्णयमा बदल्ने र त्यसको परिणाम सार्वजनिक गर्ने नेतृत्व हामी दिन्छौं,’ उनले भने।

घिमिरे समूहले महासंघलाई सीमित व्यक्तिको पहुँचमा रहने संरचनाबाट रूपान्तरण गरी ‘सदस्य–केन्द्रित साझा शक्ति केन्द्र’ बनाउने लक्ष्य अघि सारेको छ। विधानअनुसारका परिषद्, समिति र फोरमहरूलाई सक्रिय बनाउँदै सदस्य संघ–संस्थाको आधारमा नीति निर्माण र बजेट तर्जुमा गर्ने प्रणाली विकास गर्ने योजना प्रस्तुत गरिएको छ।

उनले प्रस्तुत गरेको मार्गचित्रमा ‘जेन–जी’ युवाहरू, स्टार्टअप तथा साना–मझौला उद्योग (एसएमई) लाई विशेष प्राथमिकता दिइएको छ। साथै कृषि–उद्योग एकीकरण, निर्यात प्रवर्द्धन, पर्यटन तथा नवीकरणीय ऊर्जा क्षेत्रमार्फत रोजगारी सिर्जना गर्ने स्पष्ट कार्ययोजना रहेको उनले दाबी गरे।

निजी क्षेत्रको सम्मान र सुरक्षामा आँच आउँदा महासंघ मौन बस्न नहुने उल्लेख गर्दै उनले सरकार र नियामक निकायसँग बराबरीको हैसियतमा संवाद र आवश्यक परे संघर्ष गर्न सक्ने नेतृत्वको खाँचो औंल्याए। चुनावी घोषणापत्रलाई व्यवहारमा कार्यान्वयन गर्दै वार्षिक मूल्यांकन र सार्वजनिक प्रतिवेदनमार्फत पारदर्शिता कायम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

अञ्जन श्रेष्ठ नेतृत्वको प्यानलमा वस्तुगततर्फ शिवप्रसाद घिमिरे, एसोसिएटतर्फ प्रवलजंग पाण्डे तथा जिल्ला/नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा उपाध्यक्षका उम्मेदवार रहेका छन्।

शिवप्रसाद घिमिरे समूहका उम्मेदवारहरू:

उपाध्यक्ष (वस्तुगत): शिवप्रसाद घिमिरे
वस्तुगततर्फका सदस्य उम्मेदवार: कृष्णप्रसाद अवाले, विश्वनाथ खनाल

कार्यकारिणी सदस्य (वस्तुगत संघतर्फ):

अरनिको राजभण्डारी, होमप्रसाद घिमिरे, रविन पुरी, धर्मराज सापकोटा, राजकुमार कार्की, संघर्ष विष्ट, नानिराज घिमिरे, राजेशभक्त श्रेष्ठ, वसन्तचन्द्र मरहट्ठा, धनप्रसाद लामिछाने, रघुनन्दन मारु, एबबहादुर थापामगर, सुनिता नेम्हाफुकी र ध्रुवबहादुर गौतम।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?