National life

कीर्तिमानी कायम गरेको सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
1.1kShares
कीर्तिमानी कायम गरेको सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। सोमबारका दिन सर्वाधिक मूल्य कायम भएको सुनको मूल्य आज मङ्गलवारका दिन भने घटेको छ । अघिल्लो दिन प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३० हजार ५५० कायम छ ।

Royal Enfield
nic asia capital
अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो बनेको थियो ।

नेपाली बजारमा आज सुनको मूल्य घटेपनी चाँदीको मूल्य भने सामान्य अंकले बढेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला  १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?