National life

केन्द्रीय बैंकद्वारा दुई लघुवित्तलाई लाभांश वितरणमा लगायो रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
531Shares
केन्द्रीय बैंकद्वारा दुई लघुवित्तलाई लाभांश वितरणमा लगायो रोक
ncell

काठमाडौं । केन्द्रीय बैंकले पुँजीकोषको व्यवस्था कायम गर्न नसक्ने दुई लघुवित्तको लाभांश वितरणमा रोक लगाएको छ ।

सिर्जनशील लघुवित्त र सुपर लघुवित्तलाई पुँजीकोषको व्यवस्था कायम गर्न नसकेको भन्दै लाभांश वितरणमा रोक लगाउने भएको छ। नियामकीय प्रावधान अनुसार लघुवित्त वित्तीय संस्थाले ४ प्रतिशत प्राथमिक पुँजी र ४ प्रतिशत पूरक गरी ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने हुन्छ।

तर यी दुई लघुवित्तको चालू आवको दोस्रो त्रैमासमा पुँजीकोष ८ प्रतिशत कम छ।

Royal Enfield
nic asia capital
जसले गर्दा यी लघुवित्तको लाभांश वितरणमा केन्द्रीय बैंकले रोक लगाउने छ।

पुस मसान्तमा सिर्जनशील लघुवित्तको पुँजीकोष ४.४६ प्रतिशत छ भने सुपर लघुवित्त पुँजीकोष ऋणात्मक छ। सुपर लघुवित्तलाई भने यसअघि नै कन्द्रीय बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?