काठमाडौँ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थानिय सहजकर्ता माग गरेको हो ।
कम्पनीले शाखा कार्यालय वेत्रावतिका लागि करार अवधिमा एक जना स्थानीय सहजकर्ता मागेको छ। जसका लागि शैक्षिक योग्यता कम्तिमा १० कक्षा पास गरेको तथा क्यालकुलेटरमा सामान्यहिसाब किताब गर्न सक्ने हुनुपर्नेछ ।
आवेदन दिन चाहने इच्छुक ब्यक्तिले अबको ७ दिन भित्र शाखा कार्यालय वेत्रावति रसुवामा आवेदन दिन सकिनेछ ।
































