National life

लगानी सम्मेलन उद्घाटन सत्र पश्चात् निजी क्षेत्रबिच दुई वटा सम्झौतामा हस्ताक्षर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ वैशाख २०८१, आइतबार
699Shares
लगानी सम्मेलन उद्घाटन सत्र पश्चात् निजी क्षेत्रबिच दुई वटा सम्झौतामा हस्ताक्षर
ncell

काठमाडौँ । आजदेखि काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबिच दुई वटा सम्झौता भएका छन्।

लगानी सम्मेलनको उद्घाटन सत्र पश्चात् स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबिच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबिच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसै गरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबिच सम्झौता भएको छ ।

डाटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबिच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका हुन।

भोलिसम्म चल्ने सम्मेलनमा विभिन्न प्यानलमा छलफल हुँदै छ। सम्मेलनमा १ सय १३ जना वक्ताले सम्बोधन  गरेका छन् । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका तेस्रो लगानी सम्मेलन गरिएको हो।

सम्मेलनमा लगानीका निम्ति नेपालले नौ खर्ब रुपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?