National life

सरकारी स्वामित्वका संस्थाहरुमा २५ % सेयर सर्वसधारणलाई दिने तयारी छः मन्त्री गुरुङ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
726Shares
सरकारी स्वामित्वका संस्थाहरुमा २५ % सेयर सर्वसधारणलाई दिने तयारी छः मन्त्री गुरुङ
ncell

काठमाडौं । सरकारले आफ्नो स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसधारणको सेयर २५ प्रतिशतले वृद्धि गर्ने तयारी गरिरहेको छ ।

सोमबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सार्वजनिक संस्थाहरू सुधार हुन नसकेकाले सरकारी स्वामित्वमा रहेका संस्थाहरूमा सर्वसाधरणको स्वामित्व २५ प्रतिशत पुर्‍याउने योजना रहेको बताएका हुन् ।

टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधरणको रहेको भन्दै अब कम्तिमा पनि २५ प्रतिशत सर्वसाधरणको सेयर पुर्‍याउन आवश्यक रहेको उनको भनाई छ ।

सरकारीलाई कम्पनीलाई हेर्ने दृष्टिकोण फरक भएकाले सर्वसाधरणको स्वामित्व वृद्धि गरी जनताले आफ्नो पनि अपनत्व अनुभव गराउन पनि स्वामित्व वृद्धि गर्न आवश्यक रहेको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘सरकारको भनेर हेर्ने दृष्टिकोण फरक भएकाले सर्वसाधरणको समेत भनेपछि जनताले आफ्नो पनि अपनत्व अनुभव गर्छ । संस्थामा जनताको निगरानी बढ्छ,’ उनले भने, ‘व्यवस्थापनलाई पनि सर्वसाधरण जनता र ग्राहकप्रति संवेदशिल भएर पारदर्शीता कायम गर्नुपर्ने चेत आउँछ । संस्थाको सेवालाई थप प्रभावकारी बनाउन सकिन्छ । सर्वसाधरणलाई संस्थाको स्वामित्व बढाउनु पर्ने सरकारको धारणा छ ।’

नेपाल टेलिकमले आम्दानीको क्षेत्र पहिचान गरी लाग्न आवश्यक रहेको उनको भनाइ थियो ।नेपाल टेलिकमको सेवा नपुगेका क्षेत्रमा टावरहरू थप्पदै सेवामा गुणस्तर बनाउन टेलिकमलाई निर्देशन उनले दिए ।

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?