National life

नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, राष्ट्रपतिसमक्ष पठाइयो नाम

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
९ दिन अगाडि|२५ भदौ २०८३, बिहिबार
1.2kShares
नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, राष्ट्रपतिसमक्ष पठाइयो नाम
ncell

काठमाडौं । उद्योग मन्त्रालयको नेतृत्व परिवर्तन हुने भएको छ। सुनसरी–४ का सांसद दीपककुमार साहलाई नयाँ उद्योगमन्त्रीका रूपमा नियुक्त गर्न प्रधानमन्त्री बालेन शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।

यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा साहलाई अघि सारिएको हो। प्रधानमन्त्रीको सिफारिससँगै अब राष्ट्रपतिबाट उनको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साह पछिल्लो निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीसँग आबद्ध थिए। जनमत पार्टीबाट निष्काशनमा परेपछि उनले आफ्नै दलसमेत गठन गरेका थिए।

नयाँ उद्योगमन्त्रीका रूपमा सिफारिस भएका साह अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रहेका छन्। मन्त्रिपरिषद्को बैठक चलिरहेका बेला उनी प्रधानमन्त्री कार्यालयको एक कोठामा बसेका छन्।

यादवको राजीनामापछि उद्योग मन्त्रालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी साहलाई दिने निर्णय गरिएको हो। उनको नियुक्तिपछि उद्योग तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित नीतिगत काम र मन्त्रालयको आगामी कार्यदिशाबारे चासो बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?