काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन् ।
मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।
ग्यास उद्योगीहरूले मन्त्रीको अभिव्यक्ति व्यवसायीप्रति अपमानजनक र आपत्तिजनक भएको भन्दै असन्तुष्टि जनाएका थिए । विवाद चर्किएपछि मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन् ।

































