National life

प्रधानमन्त्रीको आश्वासन: जुत्ता–चप्पल उद्योगलाई संरक्षण र प्रवर्द्धन गरिने

आयात प्रतिस्थापनदेखि निर्यात प्रवर्द्धनसम्म—स्वदेशी जुत्ता उद्योगलाई सरकारको साथ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०१ साउन २०८३, शुक्रबार
906Shares
प्रधानमन्त्रीको आश्वासन: जुत्ता–चप्पल उद्योगलाई संरक्षण र प्रवर्द्धन गरिने
ncell

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगलाई प्राथमिकतामा राख्दै आवश्यक नीतिगत र संस्थागत सहयोग उपलब्ध गराउने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटघाटमा उनले आयात प्रतिस्थापन, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनलाई केन्द्रमा राखेर सरकार अघि बढ्ने स्पष्ट पारे।

उनका अनुसार संघीय, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै जुत्ता उत्पादनसम्बन्धी सीप विकास तालिम सञ्चालन गरिनेछ। साथै, नेपाली उत्पादनको ब्रान्डिङ, बजार विस्तार र प्रचारप्रसारमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने उनले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयात व्यवस्थापनलाई अझ पारदर्शी बनाइने र स्वदेशी उत्पादनको प्रयोग तथा बजार विस्तारमा सरकारको विशेष ध्यान रहने उनले उल्लेख गरे।

भेटघाटका क्रममा उद्योगीहरूले सीमावर्ती नाकाबाट हुने अवैध आयात नियन्त्रण गर्न, कर तथा भ्याट बाहिर रहेका ब्रान्डलाई कानुनी दायरामा ल्याउन र गुणस्तरहीन उत्पादनको आयातमा कडाइ गर्न आग्रह गरेका थिए। साथै, आयातित जुत्ताचप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्नुपर्ने माग पनि राखिएको थियो।

उद्योगीहरूले आवश्यक नीतिगत सहयोग र बजार संरक्षण पाए स्वदेशी जुत्ताचप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
906SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?