National life

मेलम्चीको पानीमा चलखेल बन्द गर्न माग गर्दै सडक प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ पुस २०८०, सोमबार
592Shares
मेलम्चीको पानीमा चलखेल बन्द गर्न माग गर्दै सडक प्रदर्शन
ncell

काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग सहित प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौँको कोटेश्वरमा भेला भएर स्थानीयले खाली भाडासहित प्रदर्शन गरेका हुन् । मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले ‘मेलम्चीको पानी माथिको चलखेल बन्द गर्नुपर्ने, मेलम्चीको पानी तत्काल वितरण गर्नुपर्ने लगायतका प्लेकार्ड सहित प्रदर्शनमा उत्रेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोटेश्वर चोकबाट र्‍यालीसहित प्रदर्शनकारीहरू तीनकुनेतर्फ अघि बढेका छन् । उपत्यका खानेपानी सङ्घर्ष समितिको आह्वानमा प्रदर्शन गरेको आन्दोलनका सहभागीहरु बताँएका छन् । गत वर्ष वितरण सुरु भएको मेलम्चीको पानी पुन मुहान मर्मत गर्नुपर्ने भन्दै हाल रोकिएको अवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?