National life

बागमतीमा पानीको बहाव बढाउन मेलम्चीको पानी छोडियो ,प्रतिसेकेन्ड एक हजार लिटर बगाइँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ फागुन २०८१, बुधबार
813Shares
बागमतीमा पानीको बहाव बढाउन मेलम्चीको पानी छोडियो ,प्रतिसेकेन्ड एक हजार लिटर बगाइँदै
ncell
काठमाडौँ । शिवरात्रिको समयमा बागमती नदीमा पानीको बहाव बढाउनका लागि मेलम्चीको पानी नदीमा छोडिएको छ ।
पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो। मेलम्ची खानेपानी विकास समितिका अनुसार बागमतीमा मेलम्चीको पानी प्रतिसेकेन्ड करिब एक हजार लिटर बगाइएको छ ।
“हामीले अरू समयमा पनि छ सय लिटर प्रतिसेकेन्ड खोलामा पानी बगाउने गरेका थियौँ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौँ। त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौँ”, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले भने,
बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ। गत वर्षको शिवरात्रिमा एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बागमती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बागमती नदीमा बगाएको थियो।
यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?