National life

मेलम्चीको पानी आजदेखि काठमाडौँमा,पहिले कुन ठाउमा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ माघ २०८०, सोमबार
1.3kShares
मेलम्चीको पानी आजदेखि काठमाडौँमा,पहिले कुन ठाउमा ?
ncell

काठमाडौं।  मेलम्ची खानेपानी विकास समितिले आज (माघ १ गते) देखि काठमाडौँ बासीका धारामा खानेपानी वितरण गर्दैछ।

आज (सोमबार) बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गर्दैछन्।

वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको थियो। पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मेलम्ची खानेपानी विकास समितिका अनुसार सबै पानी सबैतिर एकैचोटी वितरण गर्न नसकिने हुनाले एउटा एउटा गरेर पानी भण्डारण तथा वितरण केन्द्रमा भर्ने काम भइरहेको छ । सुरुमा अनामनगर र मीनभवनको पानी भण्डारण तथा वितरण केन्द्र भर्ने काम भइरहेको छ । त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिने आयोजनाको तयारी छ।

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो।

२८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?