National life

बन्द गरियो मेलम्चीको पानी काठमाडौं आउने सुरुङ, वर्षा कम भएपछि मात्र ल्याइने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
727Shares
बन्द गरियो मेलम्चीको पानी काठमाडौं आउने सुरुङ, वर्षा कम भएपछि मात्र ल्याइने
ncell

काठमाडौँ । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ। मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ।

नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। ‘आयोजनाले काठमाडौँ उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ’, उनले भने। वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाडौँ उपत्यकामा ल्याइने पन्तको भनाइ छ।

आयोजनाले काठमाडौँ उपत्यकामा पानी यस वर्ष वर्षाभर नै बन्द नगर्ने गरी योजना बनाएको थियो। लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो। आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाव दिएको उनले बताए। ‘पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको हो’, पन्तले भने।

मेलम्चीको पानी विगत वर्षमा पनि हिउँदमा काठमाडौँ ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो। विसं २०७८ असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति भएको थियो। क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ। रासस

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?