National life

२८ दिन भित्रै मेलम्चीको पानी काठमाडौँ ल्याउने अन्तिम तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
644Shares
२८ दिन भित्रै मेलम्चीको पानी काठमाडौँ ल्याउने अन्तिम तयारी
ncell

काठमाडौं । मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौँमा मेलम्चीको पानी ल्याउने गरि काम र तयारी भइरहेको जनाएको छ ।

आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी भ्यालीमा पर्याईसक्नुपर्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । आकस्मिक परिस्थिति पर्न नआएको खण्डमा निर्धारित समयभित्र काठमाडौँका घरघरमा मेलम्चीको पानी पुग्ने पन्तको भनाई छ ।

समितिले एक विज्ञप्ति प्रकाशित गरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण क्षेत्रमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“सहमति अनुसार निर्माण व्यवसायी तत्कालै निर्माण क्षेत्रमा परिचालन हुनेछ । अबको २८ दिनको दु्रत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गर्ने गरी काम गरिनेछ”, प्रवक्ता पन्तले भने।

पथान्तरण पश्चात् मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने पन्तको जानकारी छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने उक्त विज्ञप्तिमार्फत जनाइएको छ ।

गत असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्चीको पानी सञ्चालन बन्द गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?